मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त

काठमाडौं ।  मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् ।   नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएका सर्लाही निवासी ठाकुरलाई मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवर्द्धनको अभियान सञ्चालनको संयोजन गर्ने जिम्मेवारी दिएको हो ।   मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले […]

Nov 23, 2024 - 04:40
 0
मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त

काठमाडौं । 

मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् । 

 नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएका सर्लाही निवासी ठाकुरलाई मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवर्द्धनको अभियान सञ्चालनको संयोजन गर्ने जिम्मेवारी दिएको हो । 

 
मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले ठाकुरलाई नियुक्त पत्र प्रदान गरेका छन् । 

 
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कुमार कर्णकाअनुसार मधेश प्रदेश सरकारले पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको छ । यसैअन्तर्गत महत्वाकांक्षी सरकारी कार्यक्रम ‘घुमौँ मधेश, बुझौँ मधेश’ घोषणा गरी संयोजकमा ठाकुरलाई नियुक्त गरिएको कर्णले बताए । `मधेश तन्नेरी आँट, सङ्कल्प र क्रियाशीलताको पर्खाइँमा छ । हामीलाई विश्वास छ, ठाकुरजीले लगनशील भएर सार्थक परिणामको रूपरेखा कोर्नेछन्,´ उनले भने । 

 
संयोजक ठाकुरले मधेश प्रदेशलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यहाँका पर्यटकीय स्थलको प्रवर्द्धन गर्न सक्रिय रूपमा लाग्ने बताए । `अहिले हाम्रो सम्मुखमै जनकपुरमा विवाह पञ्चमी छ । बारामा गढीमाई मेला छ । यी पर्वलाई अझै व्यवस्थित र व्यापक प्रचारप्रसार गर्ने काम हुन्छ । समग्र मधेश प्रदेशलाई कसरी पर्यटनमा अगाडि लान सकिन्छ भनेर काम गर्छौं,´ उनले भने ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register