गोरखामा जन्ती बोकेको जिप दुर्घटना : पाँच जनाको मृत्यु

Jun 23, 2023 - 01:17
 0
गोरखामा जन्ती बोकेको जिप दुर्घटना : पाँच जनाको मृत्यु
गोरखामा जन्ती बोकेको जिप दुर्घटना : पाँच जनाको मृत्यु

काठमाडौँ । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । 

सहिद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङबाट फर्किँदै गरेको ०१–०२३च ४४ २७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो । 

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार घटना लगत्तै जिल्लाबाट डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो । 

अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । मृतकको पहिचान खुल्न नसकेको डिएसपी लामिछानेले बताउनुभयो । जिप सडकबाट झन्डै दुई सय मिटर तल खसेको बताइएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1