घरायसी विवाद हुँदा आफ्नै भाइले गरे दाइको हत्या

Jun 13, 2023 - 06:46
 0
घरायसी विवाद हुँदा आफ्नै भाइले गरे दाइको हत्या
घरायसी विवाद हुँदा आफ्नै भाइले गरे दाइको हत्या

काठमाडौं । काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् ।गएराति घरायसी विवादमा २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु भएको प्रहरीले जनाएको छ।

दाइको टाउकोमा खुकुरी प्रहार गरी भागेका सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकिछिपी बसेको अवस्थामा आज बिहान पौने १० बजे पक्राउ गरिएको जनसेवा प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिनु भयो। उनीमाथि थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

गएराति घरमै दाजु-भाइबीच झगडा परेको थियो। झगडाको क्रममा राति १२ बजे भाइ सुरजले दाइ सूर्यको टाउकोमा खुकुरी प्रहार गरेर भागेका थिए। घरका अन्य सदस्यहरु सुतेकाले सूर्यमाथि खुकुरी प्रहार भएको थाहा पाएनन्। आज बिहान ८:२० बजे मात्र घरका सदस्यहरुले सूर्यलाई घरमै मृत अवस्थामा फेला पारेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1