नबिल बैङ्किङ सेवा थप सरल बनाउन सुरु भयो निःशुल्क टोल-फ्री सुविधा

काठमाडौं । नबिल बैङ्कले नबिल कस्टमर केयर सेन्टरमा टोल–फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्यले बैङ्कले यस्तो सुविधा सुरु गरेको हो । अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैङ्कको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ । यस्तो सुविधाको […]

Dec 20, 2024 - 08:53
 0
नबिल बैङ्किङ सेवा थप सरल बनाउन सुरु भयो निःशुल्क टोल-फ्री सुविधा

काठमाडौं । नबिल बैङ्कले नबिल कस्टमर केयर सेन्टरमा टोल–फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्यले बैङ्कले यस्तो सुविधा सुरु गरेको हो ।

अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैङ्कको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ । यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैङ्किङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ ।

बैङ्कले एनटिसी प्रयोगकर्ताको लागि टोल–फ्री नम्बर १६६००–१६२२४५ र एनसेल प्रयोगकर्ताको लागि १८१०२–१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको छ ।

यस सेवाका मुख्य विशेषताहरू:

–निःशुल्क सम्पर्क: ग्राहकहरूले बिना कुनै शुल्क देशभरबाट बैङ्कको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन् ।
–२४/७ सेवा उपलब्धता: टोल–फ्री नम्बर २४ घण्टा, सातै दिन सञ्चालनमा रहनेछ ।
–दक्ष र व्यावसायिक सेवा: प्रशिक्षित प्रतिनिधिहरूले ग्राहकका समस्याहरू शीघ्र र प्रभावकारी रूपमा समाधान गर्नेछन् ।
–विविध च्यानल पहुँच: ग्राहकले टोल–फ्री नम्बरको अतिरिक्त बैङ्कको मोबाइल एप, भाइवर, वेबसाइट र शाखा नेटवर्कबाट पनि सेवा लिन सक्नेछन् ।

ग्राहक सन्तुष्टि र सेवा सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै नबिल बैङ्कले यो सेवा सुचारु गरेको हो । बैङ्कले टोल–फ्री नम्बरको एकीकरणले ग्राहक र बैङ्कबीचको सम्पर्कलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरेको छ ।

बैङ्कले आफ्ना सम्पूर्ण ग्राहकलाई कुनै पनि सोधपुछ, सहायता वा सेवा आवश्यकताका लागि यो सुविधा प्रयोग गर्न आग्रह गरेको छ ।

नबिलले नेपालको पहिलो निजी वाणिज्य बैङ्कका रूपमा ४० वर्षदेखि आधुनिक, डिजिटल र ग्राहक–केन्द्रित वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैङ्कले आफ्नो सेवा सञ्जाल र प्रविधिमा निरन्तर सुधार गर्दै आएको छ ।

नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैङ्कले २४ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register