झापाको सताक्षीधाममा बन्दैछ ५१ फिट अग्लो रुद्राक्षको शिवलिंग

झापा, १० मंसिर । झापाको शिवसतक्षी नगरपालिका–११ स्थित सताक्षीधाम परिसरमा ५१ फिट अग्लो रुद्राक्ष शिवलिंग निर्माण भइरहेको छ । आगामी मंसिर १४ देखि २४ गतेसम्म हुने ‘श्रीसताक्षी गोरक्षा महोत्सव–२०८१’ को अवसरमा यहाँ उक्त शिवलिंग निर्माण थालिएको हो । आज धाम परिसरमा आयोजित पत्रकार भेटघाटमा धर्मसंस्कृतिको रक्षासँथै धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ५१ फिट शिवलिंग निर्माण [...] The post झापाको सताक्षीधाममा बन्दैछ ५१ फिट अग्लो रुद्राक्षको शिवलिंग appeared first on Jhapa Online.

Nov 25, 2024 - 14:36
 0
झापाको सताक्षीधाममा बन्दैछ ५१ फिट अग्लो रुद्राक्षको शिवलिंग

झापा, १० मंसिर । झापाको शिवसतक्षी नगरपालिका–११ स्थित सताक्षीधाम परिसरमा ५१ फिट अग्लो रुद्राक्ष शिवलिंग निर्माण भइरहेको छ ।

आगामी मंसिर १४ देखि २४ गतेसम्म हुने ‘श्रीसताक्षी गोरक्षा महोत्सव–२०८१’ को अवसरमा यहाँ उक्त शिवलिंग निर्माण थालिएको हो । आज धाम परिसरमा आयोजित पत्रकार भेटघाटमा धर्मसंस्कृतिको रक्षासँथै धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ५१ फिट शिवलिंग निर्माण गर्न लागिएको श्रीसताक्षीधाम गोलोक गोवर्धन गौशालाका संरक्षक एवम् संस्थापक अध्यक्ष नन्दकिशोर भारद्वाजले बताउनुभयो ।

“शिवलिंग निर्माण लागि एक करोड २५ लाख वटा रुद्राक्ष प्रयोग हुनेछ”, उहाँले भन्नुभयो, “धामपरिसरमा रहेका धर्मानुरागीहरुले रुद्राक्ष फलामको तारमा उन्ने काम गरिरहनुभएको छ ।” शिवलिंग निर्माणमा रू १५ देखि २० लाख खर्च हुने जनाएको छ ।

सताक्षीधाम गोलोक गोवद्र्धन गौशाला र सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको संयुक्त आयोजनामा मंसिर १४ गतेदेखि शुरु हुने १० दिने श्रीसताक्षी गोरक्षा महोत्सव–२०८१ मा धनधान्याचल सुरभि ज्ञान महायज्ञ, पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम श्रीसीताराम विवाह, लिंग महापुराण कथा प्रबचत र ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा विशेष पूजा अर्चना हुने संस्थापक अध्यक्ष भारद्वाजले बताउनुभयो ।

विगत केही वर्षदेखि सीताराम विवाहसमेत गरिँदै आएको बताउँदै उहाँले भन्नुभयो, “भद्रपुरको दुर्गा मन्दिरबाट जन्ती आउने छन्, शिवसताक्षीबासी हामीले स्वागत गर्छौं ।” सरकारले पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउँदै उहाँले धाममा नयाँ आकर्षण थप्न पनि रुद्राक्षको शिवलिंग बनाइएको बताउनुभयो ।

गौलाशा स्थापना भएयता तीन हजार एक सय ६० वटा गाईवस्तुको संरक्षण गरिएको जनाएको छ । हाल गौशालामा छ सय ६२ वटा गाई, गोरु, बाछाबाछी छन् । गाई पाल्न चाहने विपन्न नागरिकलाई निःशुल्क गाई वितरण गर्दै आएको गौशालाका वेदप्रकाश अग्रवालले बताउनुभयो ।

गौशालाका लागि १५ जना कर्मचारी र गाईबाछाको आहाराका लागि मासिक रू पाँचदेखि छ लाख खर्च हुने गरेको मदनमोहन अधिकारीलले बताउनुभयो । महोत्सवमा करिब चार सय जनाको हाराहारीमा अन्तर्राष्ट्रिय विद्वान वर्ग सहभागी सहभागी आयोजकले जनाएको छ ।

The post झापाको सताक्षीधाममा बन्दैछ ५१ फिट अग्लो रुद्राक्षको शिवलिंग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register