बिर्तामोडमा हर्षोल्लासका साथ मनाइयो तमु ल्होसार

नरेश गुरुङबिर्तामोड, १५ पुस । गुरुङ समुदायको महान चाड तमु ल्होसार झापामा हर्षोल्लासका साथ मनाइएको छ । जिल्लाका विभिन्न स्थानमा गुरुङ समुदायले विविध कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ तमु ल्होसार मनाएका हुन् । यसैबीच, बिर्तामोड नगरपालिका वडा नं–१० सैनिकस्थित बौद्ध धर्म चक्र गुम्बामा तमु ल्होसार मनाइएको हो । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद [...] The post बिर्तामोडमा हर्षोल्लासका साथ मनाइयो तमु ल्होसार appeared first on Jhapa Online.

Dec 30, 2024 - 14:36
 0
बिर्तामोडमा हर्षोल्लासका साथ मनाइयो तमु ल्होसार

नरेश गुरुङ
बिर्तामोड, १५ पुस ।
गुरुङ समुदायको महान चाड तमु ल्होसार झापामा हर्षोल्लासका साथ मनाइएको छ ।

जिल्लाका विभिन्न स्थानमा गुरुङ समुदायले विविध कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ तमु ल्होसार मनाएका हुन् । यसैबीच, बिर्तामोड नगरपालिका वडा नं–१० सैनिकस्थित बौद्ध धर्म चक्र गुम्बामा तमु ल्होसार मनाइएको हो ।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगर समितिको आयोजनामा ल्होसारको शुभकामना आदानप्रदान सहित विविधि कार्यक्रमको आयोजना गरी तमु ल्होसार मनाइएको छ । सांस्कृतिक कार्यक्रमसहित डोरी तान्ने, छेलो, म्युजिकल चियर लगायतका प्रतियोगितात्मक कार्यक्रम गरेर ल्होसार मनाइएको नगर अध्यक्ष कुमार गुरुङले बताउनुभयो । आफ्नो भेषभुषा, भाषा, संस्कृति लगायतको सम्बद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष भव्यताका साथ तमु ल्होसार पर्व मनाइँदै आएको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नरेन्द्र संग्रौलाले पानसमा दीप प्रज्वल गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले नेपालमा विविध जातजातिको बसोबास रहेकाले सबै धर्म संस्कारको सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसार पर्वको विशेषता र महत्व धेरै रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा डोरी तान्ने प्रतियोगितामा पदम गुरुङ, यम बहादुर गुरुङ, गर्जमान गुरुङ, भिम गुरुङ, भरत गुरुङ, रविन्द्र गुरुङ, तुल बहादुर गुरुङ, जित बहादुर गुरुङ, राम गुरुङ, लक्ष्मान गुरुङ नेतृत्वको समूह ए प्रथम, छोलो हान्नेमा सन्तोष गुरुङ र म्युजिक चियर प्रतियोगितामा उजिता घले गुरुङ प्रथम हुनुभयो भने दोस्रो एलिना गुरुङ हुनुभयो । उहाँहरुलाई प्रमुख अतिथि, विशेष अतिथि लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रा रितिका गुरुङलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा लामा लोपेन ुसाङ्गेु लेग्देन भुपेन गुरुङ गुरु ज्यूले तमु ल्होसारको महत्व बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका सचिवालय सदस्य तथा मेची आँखा अस्पतालका अध्यक्ष सामाजिक व्यक्तित्व जलकुमार गुरुङ,
बिर्तामोड नगरपालिका वडा–१० का वडाध्यक्ष दुर्योधन गुरुङ, वडा नं–६ का वडाध्यक्ष सूर्य कन्दङ्वा, वडा नं–३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य आनन्द गुरुङ, बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाई लगाएत विर्तामोड नगरमा बसोबास गर्ने तमु समाजको बाक्लो उपस्थिति रहेको थियो ।

तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगर कार्यसमितिका उपाध्यक्ष शेरबहादुर गुरुङले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव लिला बहादुर गुरुङले गर्नुभएको थियो ।

The post बिर्तामोडमा हर्षोल्लासका साथ मनाइयो तमु ल्होसार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register