प्लमस्टिडमा साउथ इष्ट रिजनल तमुधिंको ल्होछार

लन्डन- साउथ इष्ट रिजनल तमुधिं लन्डनको आयोजनामा प्लमस्टिडमा विशेष समारोहबीच तमु ल्होछार मनाइएको छ । आइतबार साँझ एशिएन कम्युनिटी सेन्टरमा सयौंको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रमसहित सह्पी ल्होछार मनाइएको हो । कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीय तमु समुदायको साथै गैरतमु समुदाय तथा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको पनि सहभागिता थियो । साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष प्रेमकुमार […]

Dec 30, 2024 - 15:19
 0
प्लमस्टिडमा साउथ इष्ट रिजनल तमुधिंको ल्होछार

लन्डन- साउथ इष्ट रिजनल तमुधिं लन्डनको आयोजनामा प्लमस्टिडमा विशेष समारोहबीच तमु ल्होछार मनाइएको छ ।

आइतबार साँझ एशिएन कम्युनिटी सेन्टरमा सयौंको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रमसहित सह्पी ल्होछार मनाइएको हो ।

कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीय तमु समुदायको साथै गैरतमु समुदाय तथा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको पनि सहभागिता थियो ।


साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष प्रेमकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका मेयर जीत रानाभाट, विशेष अतिथि तमुधिं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, तमु समाज यूके अध्यक्ष बिन्दुकुमारी गुरुङ, साउथ इष्ट रिजनल तमुधिं लन्डन उपाध्यक्ष एवम् आमा समूह प्रमुद बिन्दु गुरुङ, मगर संघ साउथ इष्ट अध्यक्ष दलप्रसाद थापालगायतले मन्तव्य राख्दै तमु ल्होछारको शुभकामना दिएका थिए ।
संस्थाका अध्यक्ष प्रेमकुमार गुरुङले सबै अतिथि र आयोजक टीमका सदस्यलाई धन्यवाद ज्ञापन गरेका थिए।

सोही समारोहमा साउथ इष्ट रिजनल तमुधिं लन्डनको
वार्षिक मुखपत्र आशिमलांको नयाँ अंक विमोचन गरिएको थियो । जसको प्रमुख सम्पादक सुमलकुमार गुरुङ तथा सहसम्पादक माया गुरुङ र सारादेवी गुरुङ थिए ।

सो अवसरमा तमुधिं युके नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, बेलायती सेना तथा एनएचएसमा सेवारत कन्सल्टेन्ट डाक्टर मेजर सुदर्शन गुरुङ, तमु समाज यूके अध्यक्ष बिन्दुकुमारी गुरुङ, तमसधिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङ, तमुधिं जापान अध्यक्ष आर्मन गुरुङ र तमु संचारकर्मी संघ नेपाल अध्यक्ष लाला गुरुङलाई विशेष सम्मान गरिएको थियो ।

त्यस्तै, उत्कृष्ट तमु भेषभूषाका लागि महिलातर्फ धनु घलेर पुरुषतर्फ राम गुरुङ सम्मानित भए ।

संस्थाका सचिव कमल गुरुङले सञ्चालन गरेको कार्यक्रममा संयोजक एवम् पूर्व अध्यक्ष ह्यारी गुरुङले हेल्थी एण्डी सेफ्टी तथा कार्यक्रमको रुपरेखाबारे जानकारी गराएका थिए । उपाध्यक्ष शिवराम गुरुङ बिइएमले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गरेका थिए ।

औपचारिक कार्यक्रमपछिको सांस्कृतिक सत्रमा विभिन्न स्थानीय कलाकारले आकर्षक नृत्य तथा गीत प्रस्तुत गरेका थिए भने अन्त्यमा डिजे नाचमा मनोरञ्जन गरिएको थियो । सो अवसरमा नेपालबाट आएका गायक आशाराम गुरुङ र राजबहादुर गुरुङले विशेष प्रूतुति दिएका थिए । सांस्कृतिक कार्यक्रम संयोजन र सञ्चालन सुर्य गुरुङले गरेका थिए ।


तस्विर: प्रकाश कंडेल/सनराइज् फोटोग्राफी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register