मोक्षघाट निर्माणमा चन्द्रगढी वनको अगुवाइ

भद्रपुर, २७ मंसिर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा भद्रपुर १० चन्द्रगढ स्थित देउनिया खोलामा दाहसंस्कार स्थल (मोक्षघाट) निर्माणका लागि श्रोत सुनिश्चित गर्दै निर्माण समिति गठन गरिएको छ । मोक्षघाटका लागि पहिलो चरणमा वन समितिले ३३ लाख, वडा नम्वर ९ ले दुई लाख, १० नम्वर वडाले एकलाख पचास हजार जेष्ठ नागरिक समितिबाट ४ लाख [...] The post मोक्षघाट निर्माणमा चन्द्रगढी वनको अगुवाइ appeared first on Jhapa Online.

Dec 12, 2024 - 17:12
 0
मोक्षघाट निर्माणमा चन्द्रगढी वनको अगुवाइ

भद्रपुर, २७ मंसिर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा भद्रपुर १० चन्द्रगढ स्थित देउनिया खोलामा दाहसंस्कार स्थल (मोक्षघाट) निर्माणका लागि श्रोत सुनिश्चित गर्दै निर्माण समिति गठन गरिएको छ ।

मोक्षघाटका लागि पहिलो चरणमा वन समितिले ३३ लाख, वडा नम्वर ९ ले दुई लाख, १० नम्वर वडाले एकलाख पचास हजार जेष्ठ नागरिक समितिबाट ४ लाख ८५ हजार, देउसीबाट संकलित ३२ हजार तथा अन्यदाताबाट सहयोग जुटाई ४० लाखको श्रोत सुनिश्चित गर्दै निर्माण समिति गठन गरेको हो ।

निर्माण समितिको अध्यक्षमा दुर्गाप्रसाद भट्टराई, उपाध्यक्ष गोकुलप्रसाद ढकाल, सचिव पार्वती मल्ल र कोषध्यक्ष अनुज खतिवडा चयन भएका छन् भने सदस्यहरूमा क्रमशः भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, हरिप्रसाद पराजुली, विष्णुप्रसाद काफ्ले, मिरा सञ्जेल, पुरूषोत्तम अधिकारी र रविन सुब्बा फागो चयन भएका छन् । समितिले मोक्षघाट निर्माण तिव्रगतिमा सम्पन्न गर्ने गरी जिम्मेवारी समेत पाएको छ ।

The post मोक्षघाट निर्माणमा चन्द्रगढी वनको अगुवाइ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register