म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु (फोटो फिचर)

म्याग्दी। ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा विरुद्धको एक्यबद्धता’ भन्ने मूल नारासहित म्याग्दीमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी मञ्च नेपालको संयुक्त आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन असल अभ्यास साझा गर्ने कार्यक्रम गरिएको हो । कार्यक्रममा […]

Nov 25, 2024 - 14:58
 0
म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु (फोटो फिचर)

म्याग्दी।

‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा विरुद्धको एक्यबद्धता’ भन्ने मूल नारासहित म्याग्दीमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी मञ्च नेपालको संयुक्त आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन असल अभ्यास साझा गर्ने कार्यक्रम गरिएको हो ।

कार्यक्रममा महिला अधिकारका लागि राष्ट्रिय मञ्च म्याग्दीको सचिवालय संयोजक एवं सामाजिक अभियन्ता जमुना आचार्यले आफूले विगतदेखि अहिलेसम्म भोगेका दुःख, पीडा र गरेका सामाजिक कार्यहरुको असल अभ्याससहितको अनुभव सुनाउनुभएको थियो । यसैगरी गोमा फाउण्डेशन प्रालि पोखराका संस्थापक अध्यक्ष गोमा पराजुलीले पनि आफ्नो जीवनमा विगतदेखि वर्तमानसम्म घटेका घटनाहरुसहित आफूले गरेका सामाजिक कार्यहरुको साथमा अनुभव सुनाउँदै सहभागीहरुलाई मार्गनिर्देशन दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको संस्था समावेशी मञ्च नेपालका अध्यक्ष डिलु बुदुजा (बद्री पुन)ले राज्यबाट पाउनुपर्ने संविधानप्रदत्त हक तथा अधिकारको उपभोग गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले आफूहरु यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सूचीमा परेकै कारणले विगतमा आफूले घर, परिवार, समाज र विद्यालयबाट थुप्रै शारिरीक तथा मानसिक यातना पाएको पीडा सुनाउनुभयो । राज्यको हरेक क्षेत्रमा आफूहरु पछाडि परेको र अरु नागरिकसरह हक, अधिकार नपाएको उहाँको भनाइ छ ।

राज्यबाट पाउनुपर्ने सेवासुविधामध्ये नागरिकता र समलिङ्गी विवाहको अधिकार मात्रै पाएको र संविधानमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक, अधिकारहरु उल्लेख भए पनि अहिलेसम्म ऐन, कानुन नबन्दा समस्या झेल्नुपरेको अध्यक्ष बुदुजाले बताउनुभयो । संविधानमा हक, अधिकारको रुपमा व्यवस्था भएर पनि त्यो कार्यान्वयन हुन नसक्दा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय सधैँ उपेक्षामा पर्ने गरेको उनीहरु बताउँछन् । देशमा सामाजिक सुरक्षा नभएकाले राज्यबाट अन्य नागरिकसरह आफूहरुले सबैखाले हक, अधिकार पाउनुपर्ने अध्यक्ष बुदुजाले माग गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि व्यक्ति, घर, परिवार तथा समाज मिलेर अगाडि बढ्नुपर्ने हुँदा लैङ्गिक हिंसा विरुद्धको अभियानले समाजको परिवर्तन र रुपान्तरणमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले अमेरिका जस्तो विश्वको शक्तिशाली मुलुकमा समेत महिलाले राष्ट्रको नेतृत्व गर्छु भन्दा अवसर नपाएको उदाहरण प्रस्तुत गर्दै ठूलो तथा धनी देश, शिक्षा र चेतना भएर मात्रै पनि केही नहुने भएकाले सकारात्मक सोचको आवश्यकता औंल्याउनुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको सहभागिता अनिवार्य गरेको भए पनि यसको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लैङ्गिक हिंसा विरुद्धको अभियानमा सबैे एकजुट भएर लाग्नुपर्ने बताउँदै व्यक्ति, घर, परिवारबाटै हिंसा न्युनीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा समलिङ्गी विवाह गरेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट बिनिमा अधिकारी र कृष्ण चौधरीले आफ्ना अनुभव सुनाउनुभएको थियो । कार्यक्रम बेनी नगरपालिकाको कार्यपालिका सदस्य सृजना श्रेष्ठको अध्यक्षता, योजना अधिकृत अर्जुनप्रसाद सुवेदीको स्वागत, महिला विकास निरीक्षक डमसरा पुन र मिलन म्याग्दीका उपाध्यक्ष तिलकुमारी रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त, सामाजिक विकास कार्यालय प्रमुख रमेश थापाको विशेष उपस्थिति रहेको कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यालय र संघसंस्थाबाट सहभागिता जनाएका थिए । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व प्लेकार्डसहितको ¥यालीले सदरमुकाम बेनीबजारको परिक्रमा गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register