विदेश पठाउने भन्दै १७ लाख ४५ हजार ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै १७ लाख ४५ हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकनवानपुर बकैया गाउँपालिका–५ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने ३९ वर्षीय सुवर्णकुमार बल तथा सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ घर […]

Nov 27, 2024 - 00:41
 0
विदेश पठाउने भन्दै १७ लाख ४५ हजार ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै १७ लाख ४५ हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मकनवानपुर बकैया गाउँपालिका–५ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने ३९ वर्षीय सुवर्णकुमार बल तथा सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ घर भई हाल टोखा नगरपालिका–८ बस्ने २८ वर्षीया मनीषा कुमारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्कविहीन भएको पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’

यसैगरी पक्राउ परेकामध्ये बलले एकजनालाई क्रोएसिया पठाउने भन्दै रु १५ लाख तथा मनिषाले एकजनालाई दुवई पठाउने भन्दै रु दुई लाख ४५ हजार रकम लिएको खुल्नमा आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

दुवै जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register