दुर्गा प्रसाईंको मुद्दा न्यायाधीशद्वय पौडेल र पाण्डेयको इजलासमा

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदन पेसीमा चढेको छ । निवेदन न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो । यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रबार उनका […]

Nov 27, 2024 - 05:35
 0
दुर्गा प्रसाईंको मुद्दा न्यायाधीशद्वय पौडेल र पाण्डेयको इजलासमा

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदन पेसीमा चढेको छ ।

निवेदन न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रबार उनका छोरा नीराजनले सर्वोच्चमा निवेदन दिएका थिए ।

उक्त निवेदनमा अदालत उपस्थित गराउन आदेश गरेपछि मङ्गलबार उनलाई सर्वोच्च उपस्थित गराइएको थियो । उनी मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register