लगातार फिल्म फ्लप हुँदा अभिनय छोड्न चाहन्थे अभिषेक बच्चन

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चनको फिल्म ‘आई वान्ट टु टक’ हालै रिलिज भएको छ । यो चलचित्रको प्रचारप्रसारमा उनी व्यस्त छन् । यसैबीच एक अन्तर्वार्तामा उनले आफ्ना सबै फिल्म लगातार फ्लप भइरहेका बेला अभिनय छाड्ने सोच बनाएको खुलासा गरेका थिए । तर, त्यतिबेला पिता अमिताभ बच्चनले आफूलाई धैर्य भएर काम गरिरहन सल्लाह दिएको उनी […]

Nov 27, 2024 - 07:11
 0
लगातार फिल्म फ्लप हुँदा अभिनय छोड्न चाहन्थे अभिषेक बच्चन

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चनको फिल्म ‘आई वान्ट टु टक’ हालै रिलिज भएको छ । यो चलचित्रको प्रचारप्रसारमा उनी व्यस्त छन् ।

यसैबीच एक अन्तर्वार्तामा उनले आफ्ना सबै फिल्म लगातार फ्लप भइरहेका बेला अभिनय छाड्ने सोच बनाएको खुलासा गरेका थिए । तर, त्यतिबेला पिता अमिताभ बच्चनले आफूलाई धैर्य भएर काम गरिरहन सल्लाह दिएको उनी बताउँछन् ।

अमिताभको विश्वास थियो कि अभिषेकभित्र एउटा राम्रो अभिनेता लुकेको छ, जुन सही समयमा देखाउन सकिन्छ ।

अभिषेक बच्चनले गलाता प्लससँग भने, ‘मेरो फिल्म लगातार फ्लप हुँदै गयो र अचानक मेरो अभिनयको चर्को आलोचना हुन थाल्यो । त्यति मात्र होइन, म त्यतिबेलाका ठूला निर्देशकहरूसँग काम गरिरहेको थिएँ । मेरो मनमा आशा थियो कि उहाँहरूले मलाई केही सिकाउनुहुन्छ र मेरो गल्तीहरू सच्याउनुहुन्छ तर, केहि परिवर्तन भएको थिएन ।’

अभिषेकले भने, ‘मैले एकपटक बुवालाई कुरा गर्नुपर्छ भनेर भनेको थिएँ । मलाई लाग्छ हामीले गल्ती गर्यौं । मलाई लाग्दैन कि म अभिनयका लागि बनेको हुँ, किनकि म जे गर्छु, केही पनि ठीक छैन । मैले सबै कुरा गरेको छु । सबै किसिमका फिल्म बनाएँ । सबै प्रकारका फिल्ममेकरसँग काम गरिसके तर, केही भइरहेको छैन । हुनसक्छ अब म आफैंसँग इमानदार हुनुपर्दछ र भन्नुपर्छ कि यो म यसका लागि होइन । अब मैले अरू केही खोज्नुपर्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register