डिशहोम गो एप र एक्सन स्पोर्ट्सको युट्युब च्यानलबाट एनपीएल हेर्न सकिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । यो साझेदारी अन्तर्गत डिशहोमले एनपीएलका सबै खेल प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडी नामक युट्युब च्यानलमा प्रशारण गर्नेछ । कम्पनीको यो पहलले नेपालका सबै क्रिकेट प्रेमीले सहज रुपमा एनपीएलका सम्पूर्ण खेलहरु नेपालभित्र जुनसुकै स्थानबाट सहज रुपमा […]

Nov 27, 2024 - 08:53
 0
डिशहोम गो एप र एक्सन स्पोर्ट्सको युट्युब च्यानलबाट एनपीएल हेर्न सकिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ ।

यो साझेदारी अन्तर्गत डिशहोमले एनपीएलका सबै खेल प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडी नामक युट्युब च्यानलमा प्रशारण गर्नेछ ।

कम्पनीको यो पहलले नेपालका सबै क्रिकेट प्रेमीले सहज रुपमा एनपीएलका सम्पूर्ण खेलहरु नेपालभित्र जुनसुकै स्थानबाट सहज रुपमा हेर्न सकिनेछ ।

डिश मिडिया नेटवर्क लिमिटेड नेपाली क्रिकेटको विकासका लागि सहयोग र प्रेरणा प्रदान गर्न सधैँ तत्पर रहेको डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register