डाक्नेश्वरी-१ का नवनिर्वाचित वडाध्यक्ष साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले साहसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। यस्तै अदालतले अर्का आरोपी राजनारायण साहलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । साह मंसिर २० […]

Jan 6, 2025 - 13:11
 0
डाक्नेश्वरी-१ का नवनिर्वाचित वडाध्यक्ष साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले साहसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

यस्तै अदालतले अर्का आरोपी राजनारायण साहलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

साह मंसिर २० गते शपथ ग्रहण समारोहबाटै पक्राउ परेका थिए ।

साहसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता  सम्बन्धी   मुद्दा दर्ता भएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register