सट्टेबाजीमा ५५ करोडको कारोबार गर्ने युवक पक्राउ

काठमाडौं । अनलाइन जुवामार्फत ५५ करोडको कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ का ३७ वर्षीय सुनिल राईलाई पक्राउ गरेको हो । बेटिङ एपमार्फत उनले अनलाइन जुवा खेलाएको आरोप छ । साथै, उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको पनि प्रहरीले जनाएको छ । हाल […]

Nov 27, 2024 - 12:17
 0
सट्टेबाजीमा ५५ करोडको कारोबार गर्ने युवक पक्राउ

काठमाडौं । अनलाइन जुवामार्फत ५५ करोडको कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ का ३७ वर्षीय सुनिल राईलाई पक्राउ गरेको हो ।

बेटिङ एपमार्फत उनले अनलाइन जुवा खेलाएको आरोप छ । साथै, उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।

हाल ललितपुरको महालक्ष्मी नगरपालिका ४ अफलटोल बस्ने राईले ७५ वटा बैंक खाता, १२८ वटा ईसेवा वालेट लगायत प्रयोग गरी हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ । उनले २५ भन्दा बढी जिमेल एकाउन्ट खोलेर वान एक्सबेटमा प्रयोग गरेको पाइएको छ ।

विभिन्न व्यक्तिका नागरिकता, पासपोर्ट लगायतका सामग्री पनि प्रहरीले बरामद गरेको छ । थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register