कन्काई धाम धार्मिक विकास संस्थाद्वारा गौहत्याको दोषीलाई कारबाहीको माग

झापा, १२ मंसिर । कन्काई धाम धार्मिक विकास संस्थाले झापाको कनकाई नगरपालिका–३ मा भएको गौहत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । संस्थाले आज विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेको हो । संस्थाका अध्यक्ष शेरबहादुर थापाले गौ हत्याको विरोध गर्दै दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिनुभयो । मंगलबार यहाँ भएको गौहत्याप्रति गहिरो शोक व्यक्त [...] The post कन्काई धाम धार्मिक विकास संस्थाद्वारा गौहत्याको दोषीलाई कारबाहीको माग appeared first on Jhapa Online.

Nov 27, 2024 - 15:18
 0
कन्काई धाम धार्मिक विकास संस्थाद्वारा गौहत्याको दोषीलाई कारबाहीको माग

झापा, १२ मंसिर । कन्काई धाम धार्मिक विकास संस्थाले झापाको कनकाई नगरपालिका–३ मा भएको गौहत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

संस्थाले आज विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेको हो । संस्थाका अध्यक्ष शेरबहादुर थापाले गौ हत्याको विरोध गर्दै दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।

मंगलबार यहाँ भएको गौहत्याप्रति गहिरो शोक व्यक्त गर्दै घटनामा संलग्नलाई तत्काल कडा भन्दा कडा कारबाहीको माग धार्मिक विकास संस्थाले विज्ञप्तिमार्फत गरेको छ ।

नेपालको संविधानमा उल्लेख भएको राष्ट्रिय जनावर र ८३ प्रतिशत हिन्दुहरुले धार्मिक आस्था र सम्मान गरी पूजा गर्ने गरेको गौ माताको हत्याको घटनाहरु बढ्दै जानुले हिन्दु धर्म र संस्कृति प्रतिको ठाडो प्रहार भएको अध्यक्ष थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

साथै धर्म गुरु, नागरिक समाजले गरेको गौ हत्याको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप र धरपकड, लाठीचार्ज गर्नु निन्दनीय रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

मङ्गलबार दिउँसो गौहत्या भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय लीलाप्रसाद सिलवालको गाई चोरी भएको थियो । काटिएको गाईलाई विधिपूर्वक कन्काई माईमा लगेर अन्त्येष्टि गरिएको छ ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ समेत गरिसकेको छ । घटनाको विरोधमा धर्मगुरु सडकमा उत्रिएका छन् । श्रीसताक्षी गोलोक गोवर्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाजको नेतृत्वमा गुरुहरूको टोली सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको छ ।

The post कन्काई धाम धार्मिक विकास संस्थाद्वारा गौहत्याको दोषीलाई कारबाहीको माग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register