अरुणोदय आधारभूत विद्यायलको स्थापना दिवसमा पत्रकार भट्टराईसहित २६ जना सम्मानित

शिवसताक्षी, १४ मंसिर । झापाको शिवसताक्षी ८ मा रहेको श्री अरुणोदय आधारभूत विद्यालयले ४० औं स्थापना दिवस मनाएको छ । विद्यालयका एक कार्यक्रमको आयोजनामा विद्यालयलाई सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान गर्दै स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारेर विद्यालयले २६ जना दाताहरुलाई सम्मान गरेको छ । विद्यालयले स्थानीय स्तरमा रहेर लामो समय काम [...] The post अरुणोदय आधारभूत विद्यायलको स्थापना दिवसमा पत्रकार भट्टराईसहित २६ जना सम्मानित appeared first on Jhapa Online.

Nov 29, 2024 - 14:42
 0
अरुणोदय आधारभूत विद्यायलको स्थापना दिवसमा पत्रकार भट्टराईसहित २६ जना सम्मानित

शिवसताक्षी, १४ मंसिर । झापाको शिवसताक्षी ८ मा रहेको श्री अरुणोदय आधारभूत विद्यालयले ४० औं स्थापना दिवस मनाएको छ ।

विद्यालयका एक कार्यक्रमको आयोजनामा विद्यालयलाई सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान गर्दै स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारेर विद्यालयले २६ जना दाताहरुलाई सम्मान गरेको छ ।

विद्यालयले स्थानीय स्तरमा रहेर लामो समय काम गर्ने पत्रकार सरोज भट्टराई पनि सम्मान गरेको छ । पत्रकार भट्टराईलाई सत्य र निष्पक्ष पत्रकारितामार्फत जनचेतना अभिवृद्धि गर्न, समाजमा सकारात्मक परिवर्तन ल्याउन विशेष भूमिका खेलेको भन्दै विद्यायलयले सम्मान गरेको जनाएको छ ।

विद्यार्थीहरुको छात्रबृत्तिका लागि स्थापना गरिएको अक्षयकोषका लागि आजै स्थानीय मनोजकुमार लावतीले ५० हजार, वडाध्यक्ष सन्तकुमार फेउदिनले २५ हजार र वडाध्यक्ष पुष्लाल पाण्डेले १० हजार विद्यालयलाई प्रदान गरेका थिए । शिवसताक्षीको झिलझिलेमा रहेको गोपाल गौरी दिगो विकास प्रतिठानले पनि कार्यक्रम सञ्चालन गर्ने कोडिम विद्यालयलाई प्रदान गरेको छ ।
त्यसैगरी, गएको एक वर्ष भित्र समाजेवी मचिन्द्र सेर्माले २५ हजार, जंगविर इजमले २५ हजार, श्री राष्ट्रिय रमणीय आदर्श माविका पूर्व प्र.अ. उमानाथ दाहालले ५ हजार रकम प्रदान गरेका थिए ।

उनीहरुलाई विद्यालयले सम्मान गरेको विद्यालयकी प्र.अ.ताराकुमारी लावतीले जानकारी दिइन् । अन्य एक वर्ष भित्र विद्यालयको भौतिक निर्माणका लागि इटा, ढुंगा, सिमेन्ट, रोङरोगन गर्न सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको हो । विद्यालयमा अध्यननरत विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री तथा जाडोमा लाउने न्यानो कपडा वितरण गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई समेत विद्यालयले सम्मान गरेको जनाएको छ ।

स्थापना दिवसमा कार्यक्रमका शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले यस विद्यालय सिमित श्रोत साधानले सञ्चालन भए विस्तारै विद्यालयमा सुधार आएको बताए । यहाँका शिक्षक र अभिभावकहरुको सहयोगबाट विद्यालयमा सुधार आउँदैछ । उनले भने, नगरपालिकाले पनि विद्यालयको कम्पाण्ड वाल निर्माण गर्ने र विद्यालय भवनको चुहिने छानालाई नयाँ हाल्ने गरी काम गर्ने योजनामा छौं ।

कार्यक्रममा स्थानीय रत्नकुमार लावतीले श्रीमति स्व.लोकमाया लावती र छोरा स्व. लिलाराम लावतीको नाममा अरुणोदय आधारभूत विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न विद्यार्थीहरुलाई हाउस ड्रेस वितरण गरेका छन् । उनले उक्त विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई हाउस ड्रेस वितरण गरेका हुन् ।

कार्यक्रममा सोही विद्यालयमा अध्यापन गराउने शिक्षिका युवा दाहाल अर्को विद्यालयमा सुरुवा भएकाले उनलाई विदाई गरेको थियो । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक तारा कुमारी लावतीले विद्यालयको समस्या र चुनौतिबारे प्रष्ट पारेकी थिइन् ।

कार्यक्रममा वडाध्यक्ष सन्त फेउदिन, शिक्षक महासंघ शिवसताक्षी अध्यक्ष बेनुप्रसाद कार्की, सरस्वती आधारभूत विद्यालयका प्र.अ. लक्ष्मीप्रसाद भट्टराई, गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनबहादुर विश्वकर्माको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन शिक्षक गंगामाया ढकालले गरेकी थइन् ।

The post अरुणोदय आधारभूत विद्यायलको स्थापना दिवसमा पत्रकार भट्टराईसहित २६ जना सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register