हुम्लामा लगातार हिमपात, जनजीवन कष्टकर

हुम्ला । हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो । हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले फोनमार्फत जानकारी गराए । “गाई झोपा र […]

Dec 29, 2024 - 11:39
 0
हुम्लामा लगातार हिमपात, जनजीवन कष्टकर

हुम्ला । हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो ।

हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले फोनमार्फत जानकारी गराए । “गाई झोपा र जुमागोठभित्रै छन् भने चौँरी गाई छाडा भएका छन् । एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठ्यारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ ।”, उनले भने ।

सिमकोट हुने सबै हवाई यातायात बन्द भएको सिमकोटस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ । चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चाहरू आगो तापेर बस्न थालेका छन् । यस वर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेका स्थानीय बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register