तीन दिनपछि पुन: हुम्लाबाट हवाई उडान सुरु

सिमकोट । हुम्लाबाट पुन: हवाई उडान सुरु भएको छ । सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलबाट तीन दिनपछि पुनः हवाई उडान सुरु भएको हो । यहाँ दशैंको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो । त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन । तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स […]

Oct 14, 2024 - 13:49
 0
तीन दिनपछि पुन: हुम्लाबाट हवाई उडान सुरु

सिमकोट । हुम्लाबाट पुन: हवाई उडान सुरु भएको छ ।

सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलबाट तीन दिनपछि पुनः हवाई उडान सुरु भएको हो ।

यहाँ दशैंको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो । त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन । तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए ।

आज नेपालगञ्जदेखि तारा एयरले एकपटक तथा नेपाल एयरलाइन्सले दुईपटक उडान भरेको उनले बताए । दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register