सार्वजनिक यातायातः भाडा बढेको बढ्यै, सुधारमा शून्य प्रगति (तस्विरहरु)

काठमाडौँ । सोमबारबाट लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले हिजैबाट लागु हुने गरी यात्रुबाहक सवारी साधनको ३.३ प्रतिशतले भाडा वृद्धि गरेको जनाएको थियो । तर अहिले भने सरकार, यातायात व्यवसायी र यातायात मजदुरबीचको छलफल तथा समझदारीबाट भाडादर निर्धारण नगरी भाडादर समायोजन कार्यविधिका आधारमा भाडादर निर्धारण गरिएको छ […]

Jan 7, 2025 - 10:32
 0
सार्वजनिक यातायातः भाडा बढेको बढ्यै, सुधारमा शून्य प्रगति (तस्विरहरु)

काठमाडौँ । सोमबारबाट लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले हिजैबाट लागु हुने गरी यात्रुबाहक सवारी साधनको ३.३ प्रतिशतले भाडा वृद्धि गरेको जनाएको थियो ।

तर अहिले भने सरकार, यातायात व्यवसायी र यातायात मजदुरबीचको छलफल तथा समझदारीबाट भाडादर निर्धारण नगरी भाडादर समायोजन कार्यविधिका आधारमा भाडादर निर्धारण गरिएको छ । मुख्यतया तीन अवस्थामा इन्धनको मूल्य पाँच प्रतिशत बढेको वा घटेको अवस्थामा, हरेक वर्ष विभिन्न पाँच सूचक पारिश्रमिक, टायर, सञ्चालन खर्च, ह्रास कट्टी तथा मुनाफालाई आधार बनाएर र पाँच वर्षमा एक पटक पुनः सबै सूचकहरूलाई विश्लेषण गरेर भाडादर निर्धारण गरिएको छ ।

तर यी सबै अवस्थामा भाडादर समायोजन गर्ने सरकार सार्वजनिक यातायात सुधारमा चाहिँ त्यति ध्यान नदिएको देखिन्छ । अहिले पनि यात्रुहरुले सार्वजनिक सवारी साधन चढ्न ठेलामठेल गर्नु पर्ने, घण्टौंसम्म कुर्नु पर्ने, उभिएर र झुण्डिएर यात्रा गर्नु पर्ने अवस्था जस्ताको त्यस्तै छ । बाँकी तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register