चीनमा गएको भूकम्पबाट नेपालमा कहाँ कति क्षति भयो ?
काठमाडौं । चीनमा मङ्गलबार बिहान गएको भूकम्पका कारण नेपालमा १३ जना घाइते भएका छन् । नेपाल प्रहरीकाअनुसार काठमाडौंमा एक जना, बारामा ११ जना र काभ्रेमा एक जना घाइते भएका हुन् । उनीहरु सबैको उद्धार भइसकेको पनि प्रहरीले जनाएको छ । यस्तै, १४ स्थानमा भौतिक क्षति भएको छ । ओखलढुङ्गामा २ भवनमा सामान्य क्षति भएको छ […]

काठमाडौं । चीनमा मङ्गलबार बिहान गएको भूकम्पका कारण नेपालमा १३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीकाअनुसार काठमाडौंमा एक जना, बारामा ११ जना र काभ्रेमा एक जना घाइते भएका हुन् । उनीहरु सबैको उद्धार भइसकेको पनि प्रहरीले जनाएको छ ।
यस्तै, १४ स्थानमा भौतिक क्षति भएको छ । ओखलढुङ्गामा २ भवनमा सामान्य क्षति भएको छ भने एउटामा पूर्ण क्षति पुर्याएको छ ।
सङ्खुवासभामा १ भवनमा सामान्य क्षति भएको छ । साथै, सोलुखुम्बुमा एकमा आंशिक, एकमा पूर्ण र तीनमा सामान्य क्षति भएको छ ।
प्रहरीले कुनै आपत्कालीन अवस्थामा १०० मा फोन गर्न आग्रह गरेको छ ।
सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
What's Your Reaction?






