भूकम्पको क्षति बुझ्न खटाइए २५ सय सशस्त्र
काठमाडौं । चीनको तिब्बत केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा भएको क्षति विवरण संकलनका लागि सशस्त्र प्रहरीका २ हजार ५ सय जवान परिचालन गरिएको छ। भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न कोशी, मधेश र बाग्मती प्रदेशमा रहेका एकाइहरूबाट करिब २ हजार ५ सय जना परिचालन गरिएकाे हाे । जनधनको ठूलो क्षतिको विवरण हालसम्म प्राप्त […]


काठमाडौं ।
चीनको तिब्बत केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा भएको क्षति विवरण संकलनका लागि सशस्त्र प्रहरीका २ हजार ५ सय जवान परिचालन गरिएको छ।
भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न कोशी, मधेश र बाग्मती प्रदेशमा रहेका एकाइहरूबाट करिब २ हजार ५ सय जना परिचालन गरिएकाे हाे ।
जनधनको ठूलो क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन। रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बुमा केही घरमा सामान्य क्षति पुगेकाे छ ।
What's Your Reaction?






