रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति 

रसुवा। रसुवाको कालिका गाउँपालिका वडा नम्बर  १ ग्राङमा आज  बिहान करिब ९ बजेको  समयमा करेन्ट सर्ट भई आगलागी हुँदा ३ वटा घर पुरै जलेर नष्ट भएका छन्। आगलागीबाट  करिब २७ लाख बराबरको सामान जलेको छ।  मानवीय क्षति भने भएको छैन।  इलाका प्रहरी कार्यालय कालिकास्थानका  इन्चार्ज पान्नालाल यादवका  अनुसार ग्राङका स्थानीय छेवाङ लामाकाे नाति पासाङ मेन्दाे […]

Nov 28, 2024 - 10:16
 0
रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति 

रसुवा।

रसुवाको कालिका गाउँपालिका वडा नम्बर  १ ग्राङमा आज  बिहान करिब ९ बजेको  समयमा करेन्ट सर्ट भई आगलागी हुँदा ३ वटा घर पुरै जलेर नष्ट भएका छन्। आगलागीबाट  करिब २७ लाख बराबरको सामान जलेको छ।  मानवीय क्षति भने भएको छैन। 

इलाका प्रहरी कार्यालय कालिकास्थानका  इन्चार्ज पान्नालाल यादवका  अनुसार ग्राङका स्थानीय छेवाङ लामाकाे नाति पासाङ मेन्दाे तामाङ,डेमा नुर्पु तामाङ,छिरिङ पेम्वा तामाङकाे घर पुरै जलेर नष्ट भएको र छिरिङ पेम्वाकाे आन्दाजि १२ लाख,डेमा नुर्पुकाे १० लाख,छेवाङ लामाकाे नाति पासाङ मेन्दाे काे ५ लाख बराबरको घनमाल नष्ट भएको छ। मानवीय क्षति  भने भएको उनले बताए। 

‘घरमा बिहान खाना खाएर काममा निस्किन लाग्दा अचानक करेन्ट सर्ट भएर आगाे लाग्न सुरू भयो।  के गर्ने नगर्ने अन्याैल भयो र हारगुहार गरेर गाउँलेहरू मिलेर आगाे निभाउन तिर लागे।  त्यसपछि  सेना प्रहरी सशस्त्र प्रहरीलाई समेत खबर  गरेपछि  धुन्चेवाट र  कालिका स्थानबाट सेना,प्रहरी समेत आएपछि लागो निभाउन सफल भयो,पीडित छिरिङ पेम्वा तामाङले भने, ‘तर समानभने वचाउन सकिएन।

लत्ताकपडा,खाद्यान्न लगायत गरगहना भाँडाकुँडा समेत केही नरहेको सबै जलेर नष्ट भएको  स्थानीयहरू बताउँछन् ।

 कालिका गाउँपालिकाको उपाध्यक्ष मिरा लामा,वडा नम्बर ५ का वडा अध्यक्ष एवं कालिका गापाकाे प्रवक्ता समेत रहेका  सन्दिप पाैडेलसहितकाे टाेलि घटना स्थल पुगेर उनिहरूलाई राहत वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

घर एक तल्ला ढङ्गाकाे र अर्को तल्ला जस्ताले बारिएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register