नीलकण्ठका उपमेयरलाई भारतमा  अम्बेडकर पुरस्कार 

धादिङ ।  धादिङको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दीपक विश्वकर्मालाई अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार प्रदान गरिएको छ ।  भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय दलित सम्मेलनकाबीच उप–प्रमुख विश्वकर्मालाई ‘अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार’ प्रदान गरिएको हो । दलित समुुदायको हक अधिकारका लागि पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उपमेयर विश्वकर्मालाई सो पुरस्कार प्रदान गरिएको हो । विश्वकर्मा २०७९ सालको स्थानीय […]

Dec 14, 2024 - 13:42
 0
नीलकण्ठका उपमेयरलाई भारतमा  अम्बेडकर पुरस्कार 

धादिङ । 

धादिङको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दीपक विश्वकर्मालाई अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार प्रदान गरिएको छ । 

भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय दलित सम्मेलनकाबीच उप–प्रमुख विश्वकर्मालाई ‘अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार’ प्रदान गरिएको हो ।

दलित समुुदायको हक अधिकारका लागि पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उपमेयर विश्वकर्मालाई सो पुरस्कार प्रदान गरिएको हो । विश्वकर्मा २०७९ सालको स्थानीय तह निर्वाचनबाट नीलकण्ठ नगरपालिकाको उप–प्रमुखमा निर्वाचित भएका थिए ।

 शान्त, शालीन र समाज परिवर्तनको हुटहुटि बोकेका उनले नगरपालिकामा उल्लेखनीय काम गर्दै आएका छन् । दलित हक अधिकारदेखि सामाजिक रुपान्तरणमा उनी विश्वासिलो पात्र बनेका छन् ।

निर्वाचित भएपनि नगरपालिकाभित्र निःशुल्क शिक्षाको कार्यान्वयन, दलित र विपन्नलाई छात्रवृत्तिको व्यवस्था, विकास निर्माणको प्रभावकारिता लगायतका क्षेत्रले यो पुरस्कार दिलाएको नगर उप–प्रमुख विश्वकर्मा बताउँछन् । ‘पालिकाभित्रका दलित विद्यार्थीहरूलाई एमबिबिएस पढ्न कम्तिमा १ लाख लगायत अन्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरू पनि चलिरहेको छ । निःशुल्क तथा गुुणस्तरिय शिक्षा प्रदान गर्दै आएका छौं । चुनावी मैदानमा जादा गरेका प्रतिवद्धताहरु पुरा गर्दै आएका छौं’ उनले भने– ‘समृद्ध नगर बनाउन सबैको साथले सम्भव बनेको हो । यो पुरस्कार सिंगो नगरपालिकाको हो । यसले नीलकण्ठ नगरपालिकाको पहिचान स्थापितसँगै आगामी दिनमा अझै राम्रा कामका लागि हौसल र चुनौति थपिएको छ । हामी त नागरिकको सेवक हौं । अझै सेवा गर्ने उत्प्रेरण मिलेको छ ।’

बाबु जगजीवनराम कला तथा साहित्य एकेडेमीले आयोजना गरेको सम्मेलनमा भारतमा नगर उप–प्रमुख विश्वकर्मा सम्मानित भएका हुन् । कार्यक्रममा भाग लिन नेपालबाट विभिन्न क्षेत्रका काम गर्ने दलित अधिकारकर्मी, बुद्धिजीवी र समाजसेवीहरू पुगेका थिए ।

सोही एकेडेमीका संरक्षक तथा भारतको लोकसभाकी पूर्वअध्यक्ष मेइरा कुमारले पुरस्कार प्रदान गरेकी थिइन् । मेइरा जगजीवनरामकी छोरी हुन् । जगजीवनराम तत्कालीन स्वतन्त्र भारत संघर्षको नेतृत्वकर्ता मध्येका एक हुन् । उनले संविधान निर्माणपछि त्यसले व्यवस्था गरेको दलितको हक अधिकार कार्यान्वयनका लागि महत्वपूर्ण योगदान थियो ।

उनकै सम्झनामा भारतको संविधान निर्माता डाक्टर भीमराव अम्बेडकरको नाममा एकेडेमीले पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । दलित समदायको हक अधिकारका लागि पुर्‍याएको योगदानका लागि उपमेयर विश्वकर्मालाई सो पुरस्कार दिइएको हो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register