सरकारी वकिलको कार्यालयमा रविको बयान जारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सुरु भएको छ । उनको आज (शुक्रबार) बिहान भद्रकालीस्थित सरकारी वकिलको कार्यालयमा बयान सुरु भएको प्रहरी स्रोतले जनाएको छ । बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका लामिछानेलाई राति भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिएको […]

Nov 29, 2024 - 05:35
 0
सरकारी वकिलको कार्यालयमा रविको बयान जारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सुरु भएको छ ।

उनको आज (शुक्रबार) बिहान भद्रकालीस्थित सरकारी वकिलको कार्यालयमा बयान सुरु भएको प्रहरी स्रोतले जनाएको छ ।

बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका लामिछानेलाई राति भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिएको थियो ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पुर्जी जारी भएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई थप अनुसन्धानका लागि बयान लिन थालिएको हो ।

उनीसँगै पक्राउ पुर्जी जारी भएका अर्का आरोपी नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई भने बयान लिएर पोखरा फिर्ता पठाइसकिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २ कात्तिकमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा रहँदै आएका थिए ।

उनीमाथि अदालतले पटक–पटक म्याद थपेर अनुसन्धान गर्न अनुमति दिँदै आएको छ ।

लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने चितवनमा बाँकी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register