स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः पक्राउ परेका २ जना धरौटीमा छुटे 

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा छुटेका छन् । काठमाडौँको कालिमाटीस्थित उक्त सहकारी ठगी प्रकरणमा पक्राउ परेका सञ्चालक समिति सदस्य कमल लामा र लेखा समिति सदस्य सुनिता नेवा धरौटीमा छुटेका हुन् ।  उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  प्रहरीका अनुसार […]

Jan 8, 2025 - 07:57
 0
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः पक्राउ परेका २ जना धरौटीमा छुटे 

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा छुटेका छन् । काठमाडौँको कालिमाटीस्थित उक्त सहकारी ठगी प्रकरणमा पक्राउ परेका सञ्चालक समिति सदस्य कमल लामा र लेखा समिति सदस्य सुनिता नेवा धरौटीमा छुटेका हुन् । 

उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

प्रहरीका अनुसार लामा धरौटी बापत तीन लाख र सुनिता चार लाख रुपैयाँ धरौटी तिरेर छुटेका हुन् । मङ्गलबार जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो । 

उक्त सहकारीमा भएको ठगी प्रकरणमा आइतबार रवि लामिछाने र जीबी राईसहित ३९ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । सहकारीमा ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना भएको आरोप छ ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register