कीर्तिपुरका दुई उम्मेदवारसहित ६ जनालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको मेयरमा पदका दुई उम्मेदवारसहित ६ जनालाई स्पष्टीकरण सोधेको छ । प्रचारप्रसारको क्रममा अनुगमन गर्दा आचारसंहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । स्पष्टीकरण सोधिनेमा कीर्तिपुरमा माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जन, काठमाडौं महानगर-१६ का उम्मेदवारहरु कामीनबहादुर मानन्धर, सम शाक्य, रोजिना श्रेष्ठ र पशुपति कठायत […]

Nov 29, 2024 - 09:05
 0
कीर्तिपुरका दुई उम्मेदवारसहित ६ जनालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको मेयरमा पदका दुई उम्मेदवारसहित ६ जनालाई स्पष्टीकरण सोधेको छ ।

प्रचारप्रसारको क्रममा अनुगमन गर्दा आचारसंहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

स्पष्टीकरण सोधिनेमा कीर्तिपुरमा माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जन, काठमाडौं महानगर-१६ का उम्मेदवारहरु कामीनबहादुर मानन्धर, सम शाक्य, रोजिना श्रेष्ठ र पशुपति कठायत छन् ।

रिक्त रहेका स्थानीय तहको विभिन्न पदका लागि आइतबार मतदान हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register