सुपर लघुवित्तका सञ्चालक कारागार चलान 

काठमाडौँ । दाङको सुपर लघुवित्तका सञ्चालक ज्योतिप्रसाद चौधरी कारागार चलान भएका छन् । उनलाई लघुवित्तको करिब ३३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा उच्च अदालत तुलसीपुरले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।  न्यायाधीशहरु अर्जुनप्रसाद कोइराला र नरबहादुर खड्काको संयुक्त इजलासले चौधरीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । अदालतको आदेशसँगै चौधरीलाई तुलसीपुर कारागार चलान […]

Jan 8, 2025 - 03:18
 0
सुपर लघुवित्तका सञ्चालक कारागार चलान 

काठमाडौँ । दाङको सुपर लघुवित्तका सञ्चालक ज्योतिप्रसाद चौधरी कारागार चलान भएका छन् । उनलाई लघुवित्तको करिब ३३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा उच्च अदालत तुलसीपुरले पुर्पक्षका लागि कारागार चलान गरेको हो । 

न्यायाधीशहरु अर्जुनप्रसाद कोइराला र नरबहादुर खड्काको संयुक्त इजलासले चौधरीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । अदालतको आदेशसँगै चौधरीलाई तुलसीपुर कारागार चलान गरिएको छ । 

चौधरीले सुरुमा सुपर लघुवित्तलाई एनजिओका रुपमा सञ्चालन गरेको थिए । तर, पछि उनले उक्त एनजिओलाई लघुवित्तमा परिणत गरेका हुन् । एनजीओ हुँदा नै संस्थाका सञ्चालक समिति र कर्मचारीसहित ३३ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो । 

त्यसको एक वर्षपछि लघुवित्तमा संस्था लघुवित्तमा परिणत भएपछि फेरि उनीहरुविरुद्ध पूरक अभियोग दर्ता गरिएको थियो र थप २३ जनालाई प्रतिवादी बनाइएको थियो । जसमध्ये ९ जना अझै फरार छन् ।

अभियोगमा मुख्य प्रतिवादी बनाइएका चौधरीले पुष २१ गते (सोमबार) अदालतमा आत्मसमर्पण गरेका थिए । सोमबार नै भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । चौधरीमाथि नक्कली ऋणी खडा गरी बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको आरोप छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register