कान्तिको वार्षिकोत्सव मनाइयो

काठमाडौं । कान्ति बाल अस्पतालको अस्पतालको ६३औँ वार्षिकोत्सव एक कार्यक्रमका बीच सम्पन्न भयो । वार्षिक उत्सवमा दिएको जानकारी अनुसार एक वर्षमा २ लाखभन्दा बढी बिरामीले सेवा लिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यमा सम्मपन्न वार्षिकोत्सवमा निर्देशक डा पंकज रायले गत आर्थिक वर्ष २०८०÷०८१ मा २ लाख ४ हजार २ सय ९९ जनाले अस्पतालबाट सेवा […]

Jan 8, 2025 - 01:53
 0
कान्तिको वार्षिकोत्सव मनाइयो

काठमाडौं ।
कान्ति बाल अस्पतालको अस्पतालको ६३औँ वार्षिकोत्सव एक कार्यक्रमका बीच सम्पन्न भयो । वार्षिक उत्सवमा दिएको जानकारी अनुसार एक वर्षमा २ लाखभन्दा बढी बिरामीले सेवा लिए ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यमा सम्मपन्न वार्षिकोत्सवमा निर्देशक डा पंकज रायले गत आर्थिक वर्ष २०८०÷०८१ मा २ लाख ४ हजार २ सय ९९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिनुभयो ।


निर्देशक डा. रायका अनुसार ५१ हजार ८ सय ८६ जना बिरामीले इमर्जेन्सीमा सेवा लिए भने भर्ना भएर सेवा लिने बिरामी ९ हजार ६ सय ८५ जना छन् । अस्पतालले एक वर्षमा ३ हजार २७६ जनालाई शल्यक्रिया सेवा दिएको छ । जसमध्ये ९८२ जनाको मेजर शल्यक्रिया गरेको छ । त्यस्तै, १ हजार १७ जनाको मध्यम शल्यक्रिया र १ हजार २ सय ७८ जनाको माइनर शल्यक्रिया गरिएको जानकारी गराउनुभयो ।


त्यस्तै, डाइग्नोस्टिक सेवाअन्तर्गत अस्पतालले ५ लाख ३७ हजार ४३९ ल्याबरोटोरी सेवा, ५१ इन्डोस्कोपी, ११ कोलोनोस्कोपी, ९९ ब्रोनचोस्कोपी, १ हजार ६१० सिटी स्क्यान, ५२ हजार ८५६ एक्स–रे, २५ हजार ३५३ युएसजी र १ हजार ४७ ईईजी सेवा लिएका छन् ।
आर्थिक वर्षभरमा ५ करोड ११ लाख ४४ हजार ९०१ रुपियाँको निःशुल्क सेवा दिएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register