कर्णालीको २४ औं सभा : सदस्यको ऋण मिनाह, दुई लाख बचत बिमा प्रदान

बिर्तामोड, १४ मंसिर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको आज २४ औं साधारण सभा सम्पन्न भएको छ । बिर्तामोड आज अन्तिम माइन्युट प्रमाणीकरण भेलासँगै संस्थाको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थाको अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा भएको साधारणसभामा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीको [...] The post कर्णालीको २४ औं सभा : सदस्यको ऋण मिनाह, दुई लाख बचत बिमा प्रदान appeared first on Jhapa Online.

Nov 29, 2024 - 10:36
 0
कर्णालीको २४ औं सभा : सदस्यको ऋण मिनाह, दुई लाख बचत बिमा प्रदान

बिर्तामोड, १४ मंसिर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको आज २४ औं साधारण सभा सम्पन्न भएको छ ।

बिर्तामोड आज अन्तिम माइन्युट प्रमाणीकरण भेलासँगै संस्थाको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थाको अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा भएको साधारणसभामा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्था दिवंगत शेयर सदस्य नारायणप्रसाद यादवको परिवारलाई सदस्य बिमा बचत वापतको दुई लाख रुपैयाँ प्रदान गरियो । नियमित बचतकर्ता यादवको गत कात्तिक २२ गते मृत्यु भएपछि संस्थाले उहाँको नाममा रहेको दुई लाख ५३ हजार ९७२ रुपैयाँ ऋण मिनाह, ४० हजार मृत्यु राहतसमेत प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि राजवंशी, संस्थाका अध्यक्ष प्रधान लगायतले दुई लाखको डमी चेक हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथि राज्यमन्त्री राजवंशीले सहकारी संस्थाहरुले सदस्यको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सहकारी दिएको ऋण सदस्यले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “ऋण रकम ठाउँमा लगानी नभएको सहकारी र सदस्य दुवै समस्यामा छन् ।”

कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले प्रदेश सरकारले खराब सहकारीलाई मात्र नभई ऋण नतिर्ने सदस्यलाई समेत कारबाही गर्ने व्यवस्था गरिरहेको बताउनुभयो । उहाँले सदस्यले लिएको ऋण व्यवसायमा लगानी गर्न सके सदस्य र सहकारी दुवै बलियो हुने धारणा राख्नुभयो ।

कार्यक्रममा नेफ्स्कुन झापाका बरिष्ठ उपाध्यक्ष उपेन्द्र ओलीले सदस्यलाई असहज भएको अवस्थामा सहकारीले सघाएकाले सदस्यले पनि सहकारीलाई असहज भएको बेला काँध थाप्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थाको वित्तीय अवस्थाका बारेमा समेत विश्लेषण गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रधानले आर्थिक वर्ष २०८०÷०८१ को संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले २०८१ असार मसान्तसम्म सदस्य संख्या ५६ हजार ४०९, चुक्ता शेयर पुँजी ५१ करोड, ९३ लाख ७५ हजार ७००, बचत २ अर्ब ७८ करोड ८३ लाख ९४ हजार ११०, कर्जा लगानी ३ अर्ब ७६ करोड ८० लाख ४८ हजार १५६, स्थिर सम्पत्ति १५ करोड ४४ लाख ५४ हजार ४५० रहेको जानकारी दिनुभयो ।

संस्थाका सचिव भूपाल बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष रामकुमार गौतम गर्नुभएको थियो ।

The post कर्णालीको २४ औं सभा : सदस्यको ऋण मिनाह, दुई लाख बचत बिमा प्रदान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register