बालअधिकारको आधारशिला जेनेभा घोषणापत्रको एक दशक पूरा

काठमाडौं । ‘सेभ द चिल्ड्रेन’ले बालअधिकारसम्बन्धी विश्वकै पहिलो दस्तावेज जेनेभा घोषणापत्र जारी भएको एक शताब्दी पुगेको अवसरमा ‘बालअधिकार शताब्दी महोत्सव’ मनाएको छ । सेभ द चिल्ड्रेनका संस्थापक एग्लेन्टाइन जेबको नेतृत्वमा जारी भएको जेनेभा घोषणापत्रले विश्वभर बालअधिकार पैरवीका लागि ऐतिहासिक आधारशीला निर्माण गरेको थियो । बालअधिकारको क्षेत्रमा विश्वभर सेभ द चिल्ड्रेन अग्रणी संस्था मानिन्छ । जेनेभा […]

Nov 29, 2024 - 11:41
 0
बालअधिकारको आधारशिला जेनेभा घोषणापत्रको एक दशक पूरा

काठमाडौं । ‘सेभ द चिल्ड्रेन’ले बालअधिकारसम्बन्धी विश्वकै पहिलो दस्तावेज जेनेभा घोषणापत्र जारी भएको एक शताब्दी पुगेको अवसरमा ‘बालअधिकार शताब्दी महोत्सव’ मनाएको छ ।

सेभ द चिल्ड्रेनका संस्थापक एग्लेन्टाइन जेबको नेतृत्वमा जारी भएको जेनेभा घोषणापत्रले विश्वभर बालअधिकार पैरवीका लागि ऐतिहासिक आधारशीला निर्माण गरेको थियो । बालअधिकारको क्षेत्रमा विश्वभर सेभ द चिल्ड्रेन अग्रणी संस्था मानिन्छ ।

जेनेभा घोषणापत्रको एक दशक र नेपालमा सेभ द चिल्ड्रेनले बालअधिकार प्रवर्द्धनका लागि बालबालिकासँग चार दशक लामो यात्रा पूरा गरेको छ । सेभ द चिल्ड्रेन नेपाल र भुटानका राष्ट्रिय निर्देशक तारा क्षेत्रीका अनुसार नेपालमा सेभ द चिल्ड्रेनले सन् १९७६ बाट काम गर्न सुरु गरेको थियो ।

बालबालिकाको स्वास्थ्य, पोषणा र शिक्षा क्षेत्रबाट काम गर्न सुरु गरेको सेभ द चिल्ड्रेनले चार दशकमा नेपालमा बाल अधिकारलाई संविधानसम्म समेट्न सफल भएको छ ।

निर्देशक क्षेत्रीले भनिन्, ‘हामीले बालअधिकार सुनिश्चितताका लागि बालबालिका, समुदाय र नागरिक समाज संगठनहरुसँगको सहकार्य गर्दैआएका छौं । बालबालिकाहरुले जलवायु परिवर्तन सृजित विपद्हरुदेखि अनलाइन/अफलाइन जोखिमसम्मका चुनौतीहरूको सामना गरिरहेको अहिलेको समयमा बालबालिकाका अधिकार र समाजमा उनीहरुको अर्थपूर्ण सहभागिताका लागि हामी एकजुट छौं ।’

बालमैत्री स्थानीय शासन, दश वर्षे सशस्त्र संघर्षको समयमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने, बाल श्रम निषेध गर्ने कानून, बालबालिका सम्बन्धी ऐन र बालबालिकासम्बन्धी राष्ट्रिय नीति लागू गर्नमा सेभ द चिल्ड्रेनको भुमिका महत्वपूर्ण छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register