आज बालाचतुर्दशी : पितृका नाममा छरियो शतबीज (तस्वीरहरू)

त्रयोदशीको राति जाग्राम बसेर दीप प्रज्वलन गरी आज बिहान पवित्र नदीमा दीप बगाइ सतबीज छरिने गरिन्छ।

Nov 30, 2024 - 01:23
 0
आज बालाचतुर्दशी : पितृका नाममा छरियो शतबीज (तस्वीरहरू)

काठमाडौं । आज बाला चतुर्दशी पितृका नाममा सद्विज छरिएको छ । अघिल्लो दिन साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरूले बिहानको झिसमिसेमा शतबीज छरेका हुन् ।

गए राति  पशुपतिलगायत देशभरका पवित्र स्थानमा दिवंगत पितृका नाममा बत्ती बालिएको थियो । साँझ पितृको नाममा बत्ती बाली बिहान सत्बीज छर्ने गरिन्छ ।

सोही अनुसार भक्तजनहरूले सत्बीज छरेका हुन् । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने परम्परा छ ।

काठमाडौंको शनिबार बिहानैबाट पशुपतिनाथ मन्दिर वरपर शतबीज छर्नेहरूको घुइँचो लागिरहेको छ । पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

देशैभरका शिव मन्दिरहरूमा भक्तजनहरूको भीड छ । पशुपतिमा पनि बत्ती बाल्नका लागि शुक्रबार बिहानदेखि नै मानिसहरूको भीड लागेको थियो ।

माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज छर्न नहुने समितिका अध्यक्ष गौतमले बताए ।

शतबीजमा हाल धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । तर, नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम भन्छन्, ‘हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्छ, अरु होइन ।’

 

तस्वीरहरु:- 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register