गाउँगाउँमा विद्यार्थी खोज्दै प्राध्यापक

बाजुरा ।       बाजुरा क्याम्पस मार्तडी बाजुराका प्राध्यापक काशीप्रसदा जोशी र बीरेन्द्रवहादुर   रावल यतिवेला  विद्यार्थीको खोजीमा बाजुराका गाउँगाउँमा पसेका छन् । सूदुरपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पसका रुपमा मान्यता पाएको बाजुरा क्याम्पसमा वर्षेनी विद्यार्थी संख्या घट्न थालेपछि क्याम्पस प्रशासन विद्यार्थीको खोजीमा जिल्लाका दुरदराजमा पग्न थालेको हो ।  क्याम्पस भर्ना गर्ने समय गत कार्तिकमा समाप्त भएपनि […]

Nov 30, 2024 - 07:34
 0
 गाउँगाउँमा विद्यार्थी खोज्दै प्राध्यापक

बाजुरा । 

     बाजुरा क्याम्पस मार्तडी बाजुराका प्राध्यापक काशीप्रसदा जोशी र बीरेन्द्रवहादुर   रावल यतिवेला  विद्यार्थीको खोजीमा बाजुराका गाउँगाउँमा पसेका छन् । सूदुरपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पसका रुपमा मान्यता पाएको बाजुरा क्याम्पसमा वर्षेनी विद्यार्थी संख्या घट्न थालेपछि क्याम्पस प्रशासन विद्यार्थीको खोजीमा जिल्लाका दुरदराजमा पग्न थालेको हो । 

क्याम्पस भर्ना गर्ने समय गत कार्तिकमा समाप्त भएपनि उक्त अवधिमा विद्यार्थी भर्ना नभएपछि प्राध्यपकहरु स्वयं क्याम्पस पढ्नुपर्छ भन्ने जनचेतना फैलाउन ग्रामीण क्षेत्रका विद्यालयमा चेतनामुलक कार्यक्रम गरिरहेका छन्।  जनप्रकाश मावि कोल्टी  र उता हिमाली गाउँपालिकाको धुलाचौर मावि धुलाचौरमा औपचारीक कार्यक्रम गरेर विद्यार्थी पढ्न आइदेउ सम्म भने । साबिकको ११ वटै गाविसमा प’ने लक्ष छ उनीहरुले भने । 

   बाजुरा क्याम्पसमा विगतको तुलनामा ६० प्रतिसत भन्दा  विद्यार्थी घटेका छन् । विद्यार्थी भर्नादर  किन घट्यो भनेर गाउँगाउँ पस्दा त  गाउँमा युवा युवतीनै रहेनछन् , प्राध्यापक बीरन्द्र रावलले भने । जिल्लामै खोलिएका क्याम्पसमा पढ्नुभन्दा पनि विद्यार्थीको रोजाईमा अबसरको खोजी र शहरकेन्द्रीत बसाइँसराइ बढ्दै जानुले समुदायस्तरमा  खोलिएका क्याम्पसले विद्यार्थी पाउन नसकेको हो उनले भने  । शहरमा उच्च शिक्षासंगै  जिविकोपार्जन गर्न सकिने हुनाले विद्यार्थी र अभिभावकको रोजाइ पनि शहर  केन्द्रित भएको देखिन्छ उनले भने  ।

  उच्च शिक्षामा स्थानीय सरकारहरुले वेवास्ता गर्नु नयाँ र समयसापेक्ष विषयहरु सम्बन्धी अध्यायन अध्यापन हुन नसक्नु पनि एक कारण बनेको छ । समग्रमा  समाजमा पढेर के हुन्छ र भन्ने गलत मानसिकता हाबी हुँदै जानुले  युवाको पढाई प्रति  घड्दो आकर्षण छ । जसका कारण उनीहरु एसईई वा +२ पछि सके युरोप अमेरिका नसके खाडीमा श्रमिकको रुपमा जाने गर्छन् प्राध्यापक रावलले भने । 

 बाजुरा क्याम्पसमा योवर्ष  पहिलो सेमेष्टरमा ५० जना हाराहारीमा भर्ना भएका छन् । विगतमा ९० देखि सय जना हुन्थे ।  शहरमा  चार वर्ष पढ्दा कम्तीमा चारलाख रुपैंया खर्च हुन्छ यहाँ चार वर्षमा चालिस पैंचालिस हजार रुपैंया  खर्चनहुन्छ तरपनि  यहाँ विद्यार्थी भर्ना हुनै मान्दैनन् बाजुरा क्याम्पसका प्रशासन प्रमुख मदन जोशीले भने ।
  
सुपमा सेमेष्टर सिष्टम छ प्रत्यक सेमेष्टरमा विदार्थी हाजिर भएकै हुनुपर्छ। सेमेष्टर सिष्टम  झन्झटिलो मानेर पनि सुप विश्वविद्यालयका आंगिक क्याम्पसमा  विद्यार्थी भर्ना कम भएका हुनसक्छन् उनले भने । पछिल्लो समयमा पलसटुपास हुने बित्तिकै बैदेशिक रोजगारका लागि विदेशिनुले क्याम्पसले विद्यार्थि नपाउनु प्रमुख कारण भएको उनकोे बुझाई छ । 

       त्यस्तै  बडीमालिका  क्याम्पसमा मानवीकी , ब्यबस्थापन  शिक्षा संकाय लगायत सिएसआइटीसहित बिभिन्न शंकायमा पढाई हुन्छन् । छात्रहरु त अत्यन्त न्युन छन् । छात्राहरु पढ्थे योपाली त  विगतको अनुपातमा पचास प्रतिसत विद्यार्थी भर्नादर घटेको छ। बडीमालिका क्याम्पसमा पनि  वद्यिार्थी ंसंख्या घट्दै जांदा क्याम्पस प्रशासन चलाउन गाह्रो भएको छ  क्याम्पस प्रमुख नरवहादुर कटुवालले भने । अघिल्लो वर्ष १२० जना भर्ना भएका थिए । अहिले ८० जनामात्र भर्ना भएकाछन् कतिले रजिष्ट्रशन फारम भर्ने हुन् । यस्तै हो भने क्याम्पस सञ्चालन गर्नु मुस्किल छ । विशेषगरी  बुढिगंगा र त्रिबेणी नगरपालिका , खप्तड क्षेडेदह गाउँपालिका गरी तिनवटा पालिकाका विद्यार्थी  भर्ना हुने हो भने थामी नसक्नु हुनुपर्ने हो । यहाँ त विद्यार्थी खोज्नुुपर्ने  अवस्था आयो । २० जना दरबन्दीमा १४ जना सुप विश्व विद्यालयले धानेको ६जना पाल्न पनि मुस्किल भएको छ क्याम्पस प्रमुख कटुवालले भने । पढाइमा राम्रा विद्यार्थी  जिल्लामा बस्दै बस्दैन । शहर पस्छन्। उतै पलसटु पासगरेर ऋण काटेर विदेश हानिन्छन् । 

देशमा भविष्य नै छैन । कामगरी खाने वातावरण नै छैन  पलसटु ग¥यो विदेश गयो सके पढ्यो नसके कमायो पलसटुसकेर कोरिया पगेका विद्यार्थी काँशीचन्द्र जैशीले भने । पछिल्लो समयमा गाउँमा युवा देखिँदैनन्  रोजगारीको खोजी र आफ्नो भविष्य बनाउन भन्दै सबै युवा विदेश पलायन हुंदै छन् । यस्तै अवस्था रहयो भने अवका पाँच सात वर्ष भित्र युवाशून्य  देश रहन्छ, मालिका मावि मार्तडीका प्राचार्य शुभराज पाध्यायले भने  ।  आठ दश कक्षाको पढाई छोडेर  किशोर किशोरीहरु कामको खोजीमा  भारत  पस्नथाल्छन् । यस्तै अवस्था रहे क्याम्पस त के विद्यालय चलाउन पनि मुस्किल छ , जाल्पामावि पिनालेखका का प्रधानाध्यापक वेदप्रकाश जोशीले भने । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register