चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय २६ पुग्यो

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको छ । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मंगलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो अपडेटअनुसार भूकम्पबाट १ सय ८८ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । साथै, भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ […]

Jan 7, 2025 - 15:26
 0
चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय २६ पुग्यो

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको छ ।

सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मंगलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

पछिल्लो अपडेटअनुसार भूकम्पबाट १ सय ८८ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । साथै, भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राष्ट्रपति सी चिनफिङले ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।

भूकम्प लगत्तै व्यापक रूपमा उद्धार कार्य जारी छ तर,  तापक्रमका कारण खोजी तथा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register