एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !

काठमाडौँ । एनआइसी एशिया बैंकका कम्पनी सचिवसमेत रहेका बैंकर दिपेन कार्कीले आफ्नो पद तथा अख्तियारीको चरम दुरुपयोग गर्दै आफ्नो ‘दुर्व्यवहारको केसविरुद्धको जाहेरी’ फिर्ता गराउन बैंकको नाममा गैरकानुनी कागज गरेको पाइएको छ । एक युवतीलाई बैंकमा जागिर लगाईदिन्छु भन्दै दुर्व्यवहार गरेको आरोपको केसमा कार्कीविरुद्ध जाहेरी प्रहरीसम्म पुगेपछि कार्कीले सो जाहेरी फिर्ता गराउन गैरकानुनी रुपमा जाहेरीकर्ता युवतीलाई […]

Nov 30, 2024 - 13:17
 0
एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !

काठमाडौँ । एनआइसी एशिया बैंकका कम्पनी सचिवसमेत रहेका बैंकर दिपेन कार्कीले आफ्नो पद तथा अख्तियारीको चरम दुरुपयोग गर्दै आफ्नो ‘दुर्व्यवहारको केसविरुद्धको जाहेरी’ फिर्ता गराउन बैंकको नाममा गैरकानुनी कागज गरेको पाइएको छ । एक युवतीलाई बैंकमा जागिर लगाईदिन्छु भन्दै दुर्व्यवहार गरेको आरोपको केसमा कार्कीविरुद्ध जाहेरी प्रहरीसम्म पुगेपछि कार्कीले सो जाहेरी फिर्ता गराउन गैरकानुनी रुपमा जाहेरीकर्ता युवतीलाई बैंकमा ३० दिनभित्र जागिर लगाइदिने भन्दै कागज गरेको दिएको प्रमाण अर्थ सरोकारले फेला पारेको हो ।

कार्कीले गत मंशिर ०६ गते प्रहरीमा उपस्थित भई दुर्व्यवहारको केसमा जाहेरी फिर्ता गर्ने सर्तमा ३० दिन भित्र बैंकमा जागिर लगाईदिने, जाहेरीकर्ता युवतीलाई कुनै पनि खालको टर्चर नदिने, जाहेरीकर्तालाई कुनै पनि सुरक्षा थ्रेट नदिने लगायतका प्रतिबद्धता व्यक्त गरेर हस्ताक्षरसहितको कागज गरेका छन् । जवकि, यसरी जागिर दिन्छु भन्दैमा बैंकमा कुनै पनि कर्मचारी भर्ना गर्न विद्यमान कानुनले दिँदैन ।
कार्कीले सो कागज गरेपछि कार्कीविरुद्धको जाहेरी फिर्ता भएको थियो ।
यद्यपी, जाहेरीकर्ता युवतीले आफुलाई करकापमा मिलापत्रको कागजमा सही गराइएको र त्यसमा के छ भन्नेसमेत हेर्न नदिएको आरोप लगाएकी छिन् । आफुलाई बैंकमा जागिर मिलाईदिने प्रलोभन दिएर पटक-पटक दुर्व्यवहार गरेको, र, कुमारी बैंकको न्युरोड शाखामा बैंकको जागिरका लागि अन्तर्वार्ता भन्दै बोलाएर थप दुर्व्यवहारको प्रयाससमेत भएपछि आफुले त्यहिंबाट प्रहरी बोलाएर प्रहरीसम्म पुगेको र उनीविरुद्ध जाहेरी दिएको दाबी गरेकी छिन् ।
‘मलाई अर्को एक बैंकमा जब इन्टरभ्यु छ भन्दै बोलाइयो । तर म सो बैंकमा पुग्दा त्यहाँबाट जागिरका लागि नभई दिपेन कार्कीले कसैलाई प्रयोग गरेर मलाई थप दुर्व्यवहार गर्न बोलाएका रहेछन् । त्यसपछि मैले प्रहरीलाई फोन गरेँ । प्रहरी आएर हामी प्रहरी चौकीमा पुगेपछि मैले जाहेरी पनि दिएँ । जाहेरी दिएपछि दिपेन कार्की आउनुभयो । बैंकबाट एसीइओ हुँ, रंजन नाम हो भन्ने व्यक्ति पनि आउनुभयो । जागिर दिलाउने जिम्मा मेरो भयो, आइतबार अफिस आउनुहोस्, तपाईं जाहेरी फिर्ता गर्नुस् पनि भन्नुभयो । सुरुमा फकाउनुभयो, पछि करकाप गर्नुभयो, थर्काउनुभयो । दुईवटा कागजमा सहि गराएर एउटा कागज बैंकमा जागिर मिलाइदिने कागज र अर्को मिलापत्रको कागज भनियो । मलाई मिलापत्रमा के लेखिएको छ समेत हेर्न दिइएन । दिपेनजीलाई सो दिन त्यहीँ थुनियो । भोलिपल्ट मलाई छलफलका लागि बोलाइएको थियो । तर, म प्रहरीमा पुग्दा उनलाई छोडिसकिएको थियो ।’ पीडीत युवतीले अर्थ सरोकारसँग भनिन् ।
उनका अनुसार भोलिपल्ट आइतबार एनआईसी एशिया बैंकमा गएकी पनि थिइन् । तर उनलाई रन्जन सर बाहिर हुनुहुन्छ भनियो । ‘पछि बुझ्दा त त्यसरी जागिर दिन नै नमिल्ने रहेछ । मलाई जागिरको प्रलोभन देखाएर पटकपटक दुर्व्यवहार भएको छ, प्रहरीमा करकापमा जाहेरी फिर्ता गराउन लगाइएपछि म प्रहरीको महिला सेलमा गएँ । महिला सेलका प्रहरीले अदालत जानू भन्ने सुझाव दिएपछि अहिले म जिल्ला अदालत जाने तयारीमा छु । यो केसविरुद्ध राष्ट्र बैंकमा र महिला आयोगमा पनि उजुरी दिने तयारीमा थिएँ, तर महिला आयोग जाँदा राष्ट्र बैंकमै महिला हिँसाको केसमा महिला आयोगले राष्ट्र बैंककै ठुला हाकिमहरुलाई दोषी ठहर गरेको भन्ने सुनेपछि राष्ट्र बैंकप्रतिको भरोसा टुट्यो । अव अदालतले न्याय दिनेछ भन्ने आश गरेको छु ।’ उनले भनिन् ।
यता ती युवतीले रन्जन नाम गरेका व्यक्ति आफु बैंकको एसीइओ हुँ भन्दै प्रहरीमा मिलापत्र गराउन दबाब दिन आएका थिए । बैंकमा एसीइओ रहेका रन्जन खड्काले भने आफुलाई यस विषयमा केहि पनि थाहा नभएको दाबी गरेका छन् । ‘म त यो केस पहिलोपटक सुन्दैछु । म शनिबार प्रहरीकहाँ पुगेको छैन ।’ खड्काले अर्थ सरोकारसँग भने । अव कार्कीका कोहि मान्छे नक्कली रंजन खड्का बनेर त्यहाँ पुगे, वा रंजनले झुट बोले भन्ने कुरा खुलिसकेको छैन ।
बैंकका सूचना अधिकारी अर्जुन खनियाँले समेत यस विषयमा आफुलाई कुनै पनि जानकारी नरहेको दाबी गरे । ‘यस्तो कुनै जानकारी बैंकमा आएको छैन ।’ खनियाँले अर्थ सरोकारसँग भने, ‘म पहिलोपटक सुन्दैछु ।’ यद्यपी उनले कसैले कागज गरेकै भरमा जागिर दिन नमिल्ने भने स्पष्ट पारे । ‘कसैले जागिर दिन्छु भनेर कसैलाई कागज गरिदिएकै भरमा बैंकमा जागिर पाइन्छ भन्ने कुरा सोच्नु पनि गलत हो । त्यस्तो हुन्न । बाँकी कुरा के रहेछ, म बुझ्नेछु ।’ अर्थ सरोकारसँग उनले भने ।
यता आरोपित दिपेन कार्की भने सम्पर्कमै आउन चाहिरहेका छैनन् । उनलाई यस विषयमा पटक पटक सम्पर्क गर्दा पनि उनी फोन उठाउँदैनन्, ह्वाट्सएपमा मेसेज हेर्छन्, तर रिप्लाई गर्दैनन् । तर उनै कार्कीले विभिन्न व्यक्तिहरुलाई लगाएर यस विषयमा न्युज नलेखिदिन दबाब दिएका छन् ।
कार्की बैंकको कम्पनीसचिवजस्तो जिम्मेवार कुर्सीमा छन् ।
(यो समाचार तयार गर्दासमेत हामीले आरोपित कार्कीलाई सम्पर्क गरेका थियौँ, तर उनले रेस्पोन्स गरेनन् । उनको प्रतिक्रिया आएपछि समाचार अपडेट गरिनेछ । – सम्पादक)   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register