राष्ट्रपति सीको निर्देशन – ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्नू

काठमाडौं । चीनको सिजाङ क्षेत्रमा मङ्गलबार बिहान आएको ७ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सी चिनफिङले ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको खोजी र उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न […]

Jan 7, 2025 - 07:20
 0
राष्ट्रपति सीको निर्देशन – ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्नू

काठमाडौं । चीनको सिजाङ क्षेत्रमा मङ्गलबार बिहान आएको ७ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सी चिनफिङले ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको खोजी र उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न निर्देशन दिएका हुन् ।

उनले प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्वास गर्न र प्रभावकारी रूपमा व्यवस्थापन गर्न प्रयास गर्न सम्बन्धित पक्षलाई भनेका छन् ।

‘भूकम्प अनुगमन र प्रारम्भिक चेतावनीलाई सुदृढ गर्न, विपद् राहत सामग्री तुरुन्तै बाँडफाँड गर्न, क्षतिग्रस्त पूर्वाधारको मर्मतलाई द्रुत बनाउन, बासिन्दाका आधारभूत आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न र सबैका लागि सुरक्षित र न्यानो जाडोको ग्यारेन्टी गर्न आवश्यक छ,’ सीले भने ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य पनि प्रधानमन्त्री ली छ्याङले मंगलबार जारी गरेको निर्देशनमा विपद्को अवस्था र हताहतीको मात्रालाई तुरुन्तै जाँच्न, खोजी र उद्धार कार्यलाई व्यवस्थित गर्न र न्यूनीकरण गर्न आग्रह गरेका छन् ।

उनले भूकम्प प्रभावित क्षेत्र चिसो पठार क्षेत्रमा पर्ने भएकाले प्रभावित जनताको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र हिउँदमा न्यानो रहनका लागि हरसम्भव उपाय अपनाउनुपर्ने बताए ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य उपप्रधानमन्त्री झाङ गुओ छिङले उद्धार र राहत कार्यमा मार्गदर्शन गर्न एउटा टोलीको नेतृत्व गर्दै भूकम्प गएको छ ।

सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पबाट अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएको सिन्ह्वाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register