पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले  पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको छ । निगमले शनिबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको हो । यस अनुसार अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा […]

Nov 30, 2024 - 14:41
 0
पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले  पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको छ । निगमले शनिबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको हो ।

यस अनुसार अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र बाँकी क्षेत्रमा १५७.५० रुपैयाँ पर्नेछ ।

त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ भने अन्तराष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्ने निगमले जनाएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register