बालाचतुर्शीमा प्रसिद्ध तीर्थस्थल सताक्षीधाममा भक्तजनको घुइचो

सरोज भट्टराईशिवसताक्षी, १५ मंसिर । पूर्वको प्रशिद्ध तीर्थ स्थल सताक्षीधाममा बालाचदुदर्शीका दिन शतबीज छर्ने भक्तजनको भीड लागेको छ । हिजो त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै सताक्षी नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै शतबीज छरेका छन् । शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, [...] The post बालाचतुर्शीमा प्रसिद्ध तीर्थस्थल सताक्षीधाममा भक्तजनको घुइचो appeared first on Jhapa Online.

Nov 30, 2024 - 14:54
 0
बालाचतुर्शीमा प्रसिद्ध तीर्थस्थल सताक्षीधाममा भक्तजनको घुइचो

सरोज भट्टराई
शिवसताक्षी, १५ मंसिर ।
पूर्वको प्रशिद्ध तीर्थ स्थल सताक्षीधाममा बालाचदुदर्शीका दिन शतबीज छर्ने भक्तजनको भीड लागेको छ । हिजो त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै सताक्षी नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै शतबीज छरेका छन् ।

शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल समावेश गरिएको हुन्छ ।

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त हुने धार्मिक मान्यता छ । सताक्षीधाममा प्रमुख आकर्षणको केन्द्रका रुपमा नव निर्मिकत ५१ फिटको सवा करोड रुद्राक्षजडित पार्थिव शिवलिङ्ग रहेको छ ।

विहानदेखिनै उक्त शिवलिङ्गको दर्शन गर्ने भक्तजनहरुको भीड देखिएको थियो । यहाँ रहेको झरना, विरेनुन पानी, दिगेम्वेश्वर मन्दिर, सताक्षी देवीको मन्दिर, नवनिर्मित ८७ धारा लगायतका स्थानहरुमा भक्तजनहरुले दर्शन गरेका छन् ।

बालाचतुदर्शीमा सताक्षीधाम र गोलोक क्षेत्रमा झापा, मोरङ, सुनसरी, इलाम, ताप्लेजुङ, पाँचथर धनकुटा, तेह्रथुम, लगायतका जिल्लाहरुबाट आएका भक्तजनहरुले दिपदान लगायत दर्शन गरेको आचार्य नन्दकिशोर भारद्वजले जानकारी दिए ।

सताक्षीधाममा गोरक्षा महोत्सव सुरु भएको छ । सोमबार ५१ फुटको रुद्राक्षबाट जडित पार्थिव शिवलिङ्गको चताराधामका पिठाधिपति बालसन्त देवचार्यले अनावरण गर्ने कार्यक्रम रहेको शताक्षी गोलोक गोवर्धन गौशालाले जनाएको छ । उक्त दिन शिवसताक्षी नगरपालिकाले स्थानीय विदा दिएको छ । गोरक्षा महोत्सव मंसिर २४ गतेसम्म सञ्चालन हुने छ ।

The post बालाचतुर्शीमा प्रसिद्ध तीर्थस्थल सताक्षीधाममा भक्तजनको घुइचो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register