बेलायतका नेपाली सोलिसिटरहरुले आफ्नो कार्यक्षमता र दायरा बढाउन गरे छलफल

लन्डन । बेलायतका नेपाली सोलिसिटरहरुले आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि एवं व्यवसायिक दायरा थप फराकिलो बनाउने सम्बन्धमा छलफल गरेका छन् । ब्रिटेन नेपाल लयर्स एसोसिएसन आवद्ध सोलिसिटर एवं कानून व्यवसायीहरुले शुक्रबार लन्डनमा आयोजित बैठकमा आफ्नो संघर्षका कथा पनि सुनाए । ब्रिटेन नेपाल लयर्स एसोसिएसनका अध्यक्ष एवं सोलिसिटर दीपक भट्टराईले अहिले नेपाली सोलिसिटरहरु विशेषगरि अध्यागमन क्षेत्रमा […]

Nov 30, 2024 - 18:40
 0
बेलायतका नेपाली सोलिसिटरहरुले आफ्नो कार्यक्षमता र दायरा बढाउन गरे छलफल

लन्डन । बेलायतका नेपाली सोलिसिटरहरुले आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि एवं व्यवसायिक दायरा थप फराकिलो बनाउने सम्बन्धमा छलफल गरेका छन् ।

ब्रिटेन नेपाल लयर्स एसोसिएसन आवद्ध सोलिसिटर एवं कानून व्यवसायीहरुले शुक्रबार लन्डनमा आयोजित बैठकमा आफ्नो संघर्षका कथा पनि सुनाए ।

ब्रिटेन नेपाल लयर्स एसोसिएसनका अध्यक्ष एवं सोलिसिटर दीपक भट्टराईले अहिले नेपाली सोलिसिटरहरु विशेषगरि अध्यागमन क्षेत्रमा मात्र केन्द्रित भएका पाइएको उल्लेख गर्दै अब 
प्रोपर्टी ल, लिटिगेसन, फेमिली, इम्प्लोयमेन्ट ल जस्ता क्षेत्रमा पनि काम गर्न सुझाए । ‘बेलायतमा नेपाली समुदाय बढेसंगै कानूनी समस्याका आयामहरु पनि फरक हुंदैछन् । अब हामीहरुले फरक क्षेत्रमा समेत काम गर्न जरुरी छ’, सोलिसिटर भट्टराईले भने ।

एसोसिएसनले कानून व्यवसायीको करिअर विकास र कार्यक्षमता कसरी बढाउने भन्नेमा पनि सुझाव प्रदान गरिरहेको भट्टराईले जनाए । उनले बेलायतमा सोलिसिटर बन्ने रुटबारे प्रकाश पार्दै सोलिसिटर्स क्वालिफाइङ एक्जामिनेसन (एसक्यूइ) बारे अवगत गराएका थिए ।

ब्यारिष्टर एवं एसोसिएसनका पूर्व अध्यक्ष देवेन्द्र श्रेष्ठले भूतपूर्व गोर्खा वयस्कहरुका लागि आएको नयां नियमबारे अपडेट गराएका थिए । ब्यारिष्टर श्रेष्ठले ‘अपिल राइट्स’ फेरि फिर्ता भएको जानकारी दिंदै मुद्दा कसरी लड्ने भन्नेबारे अवगत गराए ।

एसोसिएसनका उपाध्यक्ष एवं सोलिसिटर उत्तरमान तिगेलाले नेपाल, हङकङ हुंदै यूके आएर सोलिसिटर बन्न र फर्म आफैंले सञ्चालन गर्दाको संघर्ष र तितामिठा अनुभव सुनाए । एसोसिएसनका सह-कोषाध्यक्ष सोलिसिटर रोजन भण्डारी र पर्सनल इन्जुरी क्षेत्रमा काम गरिरहेका युवा सोलिसिटर एसोसिएसनका सदस्य सोलिसिटर विपिन रेग्मीले पनि आ-आफ्नो संघर्ष र अनुभव सेयर गरे ।

बैठकमा सोलिसिटरहरु लुना राई र अमर गुरुङ, ओआइएससी रजिष्टर्ड अध्यागमन सल्लाहकार विष्णु बुढाथोकी, क्याम्ब्रीजबाट एलएलएम गरेकी र हाल इन्टरनेशनल आरबीट्रेसन, लगानी सम्बन्धी विवाद (इन्भेष्टमेन्ट डिस्प्यूट) तथा अन्तर्राष्ट्रिय मानवअधिकार क्षेत्रमा काम गरिरहेकी हसिना लामिछाने लगायतले पनि आफ्नो संघर्ष सुनाए ।

बैठकमा कानून व्यवसायमा काम गरिरहेका कोहिनुर श्रेष्ठ, अनुप ढकाल, तनुश्री थापा लगायत सहभागी थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register