सुदूरपश्चिममा ५७ प्रतिशत मत खस्यो

धनगढी । सुदूरपश्चिम प्रदेशका पाँच ठाउँमा भएको उपनिर्वाचनमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । एक उपाध्यक्ष र चार वडाध्यक्षको लागि भएको निर्वाचनमा ५७ प्रतिशतले मतदान गरेका छन् । बाजुराको स्वामिकार्तिक गाउँपालिकामा ३ हजार ९०३ जनाले मतदान गरिसकेका छन् त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि ५ हजार ४३४ मतदाता मध्ये २ हजार ९९२, दार्चुलाको दुहु […]

Dec 1, 2024 - 12:35
 0
सुदूरपश्चिममा ५७ प्रतिशत मत खस्यो

धनगढी । सुदूरपश्चिम प्रदेशका पाँच ठाउँमा भएको उपनिर्वाचनमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।

एक उपाध्यक्ष र चार वडाध्यक्षको लागि भएको निर्वाचनमा ५७ प्रतिशतले मतदान गरेका छन् ।

बाजुराको स्वामिकार्तिक गाउँपालिकामा ३ हजार ९०३ जनाले मतदान गरिसकेका छन् त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि ५ हजार ४३४ मतदाता मध्ये २ हजार ९९२, दार्चुलाको दुहु गाउँपालिका–५ मा १ हजार २७२ मध्ये ८७७, डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा १ हजार ५९३ मध्ये ८३९ र बझाङको सुर्मा गाउँपालिका–४ मा १ हजार ५५४ मध्ये १ हजार १७८ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।

आइतबार भएको निर्वाचनामा १७ हजार ३१३ मतदाता मध्ये ९ हजार ७८८ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको हो ।

कुल मतदाताको अवस्था अनुसार सबैभन्दा धेरै बझाङमा र थोरै बाजुरामा मत खसेको छ । बाजुरामा ५२ प्रतिशतले मतदान गर्दा बझाङमा ७६ प्रतिशतले मतदान गरेका छन् । डोटीमा ५३, दार्चुलामा ६९ र कञ्चनपुरमा ५५ प्रतिशतले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register