गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी दोब्बर मतले अगाडि

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीका उम्मेदवार निम लेकी शेर्पाले ८०५ मतसहित अग्रता बनाएकी हुन् । उनी प्रतिस्पर्धी उम्मेदवारभन्दा झण्डै दोब्बर मतले अघि छन् । दोस्रो स्थानमा नेकपा एमालेकी उमा लुङ्गेली मगरले ४४७ र तेस्रो स्थानमा कांग्रेसकी पासदिकी तामाङले २४० मत ल्याएकी छन् । यो गाउँपालिकामा २०७९ […]

Dec 2, 2024 - 09:23
 0
गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी दोब्बर मतले अगाडि

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

माओवादीका उम्मेदवार निम लेकी शेर्पाले ८०५ मतसहित अग्रता बनाएकी हुन् । उनी प्रतिस्पर्धी उम्मेदवारभन्दा झण्डै दोब्बर मतले अघि छन् ।

दोस्रो स्थानमा नेकपा एमालेकी उमा लुङ्गेली मगरले ४४७ र तेस्रो स्थानमा कांग्रेसकी पासदिकी तामाङले २४० मत ल्याएकी छन् ।

यो गाउँपालिकामा २०७९ को स्थानीय चुनावमा मा‌ओवादीको समर्थन प्राप्त गरेका कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register