सहकारी ठगीः धनराजसँग सीआईबीले ५ घण्टा सोधपुछ गर्यो 

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धनराज गुरुङसँग पाँच घण्टा सोधपुछ गरेको छ । काँग्रेसका उपसभापतिसमेत रहेका गुरुङसँग सीआईबीले मितेरी सहकारी ठगी प्रकरणमा दोस्रो पटक सोधपुछ गरेको हो ।  सीआईबाका उच्च अधिकारीका अनुसार मंगलबार १२ बजे सीआईबी पुगेका गुरुङसँग साँझ ५ बजेसम्म सोधपुछ गरिएको थियो ।  मितेरी सहकारीमा साढे १२ करोड हिनामिना गरेको आरोपमा […]

Jan 8, 2025 - 02:00
 0
सहकारी ठगीः धनराजसँग सीआईबीले ५ घण्टा सोधपुछ गर्यो 

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धनराज गुरुङसँग पाँच घण्टा सोधपुछ गरेको छ । काँग्रेसका उपसभापतिसमेत रहेका गुरुङसँग सीआईबीले मितेरी सहकारी ठगी प्रकरणमा दोस्रो पटक सोधपुछ गरेको हो । 

सीआईबाका उच्च अधिकारीका अनुसार मंगलबार १२ बजे सीआईबी पुगेका गुरुङसँग साँझ ५ बजेसम्म सोधपुछ गरिएको थियो । 

मितेरी सहकारीमा साढे १२ करोड हिनामिना गरेको आरोपमा सहकारीका सचिव बोधविक्रम थापाले संस्थाका महाप्रबन्धक ज्योति गुरुङसहित ५ जनाविरुद्ध सीआईबीमा उजुरी दिएका थिए । गुरुङ धनराजकी पूर्वपत्नी हुन् । ज्योती गुरुङ र ज्योतीबहादुर भण्डारीविरुद्ध रेड नोटिससमेत जारी भएको छ । तर, उनीहरु अझै पक्राउ परेका छैनन् ।

सीआईबीले यसअघि धनराज गुरुङसँग पहिलोपटक कार्तिक २८ गते कार्यालयमा बोलाएर सोधपुछ गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register