जनकपुरको लगातार दोस्रो जित, कप्तान साहको उत्कृष्ट ब्याटिङ

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेटको तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जनकपुरका लागि कप्तान अनिल साहले अर्धशतकीय पारी […]

Dec 2, 2024 - 10:23
 0
जनकपुरको लगातार दोस्रो जित, कप्तान साहको उत्कृष्ट ब्याटिङ

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेटको तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जनकपुरका लागि कप्तान अनिल साहले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ६२ रन बनाउँदै अविजित रहे । ओपनर आसिफ शेखले ३६ रन बनाए ।

लाहिरु मिलान्थाले २४ रनमा आउट भए ।

कर्णालीका लागि मौसम ढकालले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

कर्णालीका गुल्शन झाले ३६ रन जोडे । झाले ३ छक्का र १ चौका प्रहार गरे । ओपनर शिखर धवनले ३ चौकासहित १४ रन बनाए ।

बाबर हायातले १२ रन जोडे । मिडल अर्डरमा आएका अर्जुन घर्तिले विस्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ३३ रन जोडे । उनले १८औं ओभरमा २ छक्का र २ चौकासहित २२ रन प्रहार गरेका थिए । कप्तान सोमपाल कामीले २९ रन जोडे ।

अन्तिम दुई ओभरमा ४२ रन बनाएपछि कर्णालीले सम्मानजनक स्कोर बनाएको हो ।

जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिँदा जिमी निसम, किशोर महतो, ललित राजवंशीले एक/एक विकेट लिए ।

मंगलबार हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स बिहान सवा ९ बजे आमनेसामने हुनेछन् । अर्को खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स दिउँसो सवा १ बजे भिड्ने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register