कञ्चनजङ्घा गोल्डकपमा भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा

ताप्लेजुङ, १८ मंसिर । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल हिजो भएको खेलमा धरान सेमिफाइनलमा प्रवेश गरेको छ । २–० अन्तरले भारतको सिलगुढीलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो । आयोजक चासोक तङनाम सञ्चालक समितिका प्रचारप्रसार संयोजक दिनेश लिङखिमका अनुसार हिजो भएको तेस्रो क्वाटर फाइनल खेलमा गोधुलीले भारतको सिलगुढीस्थित कञ्चनजङ्घा [...] The post कञ्चनजङ्घा गोल्डकपमा भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा appeared first on Jhapa Online.

Dec 3, 2024 - 02:30
 0
कञ्चनजङ्घा गोल्डकपमा भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा

ताप्लेजुङ, १८ मंसिर । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल हिजो भएको खेलमा धरान सेमिफाइनलमा प्रवेश गरेको छ । २–० अन्तरले भारतको सिलगुढीलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो ।

आयोजक चासोक तङनाम सञ्चालक समितिका प्रचारप्रसार संयोजक दिनेश लिङखिमका अनुसार हिजो भएको तेस्रो क्वाटर फाइनल खेलमा गोधुलीले भारतको सिलगुढीस्थित कञ्चनजङ्घा फुटबल क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।

प्रतियोगितामा सुनसरी धरानको गोधुली फुटबल क्लबले सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनलमा गोधुलीले शम्दु फुटबल क्लब तेह्रथुमसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिका क्वाटर फाइनल खेलमा शम्दु फुटबल क्लब तेह्रथुम र रेड डेभिल्स फुटबल क्लब इलामले जित हात पार्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

मङ्गलबार न्यू स्टार क्लब विर्तामोड झापा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबिच पहिलो चरणको अन्तिम खेल हुनेछ । प्रतियोगिताका विजेताले रू तीन लाख दुई हजार ८१ पुरस्कार पाउनेछन् भने उपविजेताले रू एक लाख ५१ हजार ८१ प्राप्त गर्ने छन् ।

The post कञ्चनजङ्घा गोल्डकपमा भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register