यस्तो छ आज देशभरको मौसम
शनिबार देशका विभिन्न प्रदेशहरूमा मौसम आ-आफ्नै रूपले बदलिँदै छ । हिमाल, पहाड, र तराईमा फरक प्रभाव देखिने अनुमान गरिएको छ । काेशी प्रदेश -दिउँसो : हिमाली क्षेत्रमा आंशिक बदली रहने र एक-दुई स्थानमा हल्का वर्षासँगै फाटफुट हल्का हिमपातको सम्भावना। पहाडी क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना छ। तराईमा भने मौसम सफा रहनेछ। – राति: हिमाली क्षेत्रमा […]

शनिबार देशका विभिन्न प्रदेशहरूमा मौसम आ-आफ्नै रूपले बदलिँदै छ । हिमाल, पहाड, र तराईमा फरक प्रभाव देखिने अनुमान गरिएको छ ।
काेशी प्रदेश
-दिउँसो :
हिमाली क्षेत्रमा आंशिक बदली रहने र एक-दुई स्थानमा हल्का वर्षासँगै फाटफुट हल्का हिमपातको सम्भावना। पहाडी क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना छ। तराईमा भने मौसम सफा रहनेछ।
– राति:
हिमाली क्षेत्रमा हल्का हिमपात र फाटफुट बदली जारी रहनेछ। पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा आंशिक बदलीको सम्भावना छ।
मधेश प्रदेश
– दिउँसो:
तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
– राति:
तराई क्षेत्र रातभर सफा रहने सम्भावना।
बागमती प्रदेश
– दिउँसो:
हिमाली र पहाडी क्षेत्रहरूमा आंशिक बदलीको सम्भावना छ। तराईमा भने मौसम सफा रहनेछ।
– राति:
हिमाली र पहाडी क्षेत्रहरूमा आंशिक बदली रहिरहनेछ। तराईमा सफा मौसम रहनेछ।
गण्डकी प्रदेश
– दिउँसो:
हिमाली र पहाडी क्षेत्र आंशिक बदली हुने अनुमान। तराई क्षेत्र भने सफा रहनेछ।
– राति:
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहिरहनेछ। तराई क्षेत्र मुख्यतया सफा रहनेछ।
लुम्बिनी प्रदेश
-दिउँसो:
पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
– राति:
पहाडी र तराई क्षेत्रमा मौसम सफा रहनेछ।
कर्णाली प्रदेश
– दिउँसो:
हिमाली र पहाडी क्षेत्र सफा रहने अनुमान।
– राति:
हिमाली र पहाडी क्षेत्रमा सफा मौसम रहनेछ।
सुदूरपश्चिम प्रदेश
– दिउँसो:
हिमाली, पहाडी, र तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ।
– राति:
तीनै क्षेत्रमा मौसम सफा रहनेछ।
What's Your Reaction?






