बढ्दै बीमा बिजनेश, एक महिनामा साढे ७ खर्बको बीमा

काठमाडौँ । पछिल्लो एक महिनामा साढे ७ खर्ब बराबरको बीमा भएको छ । बीमा प्राधिकरणको तथ्यांकअनुसार कार्तिकमा ७ खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ बराबरको बीमा भएको हो ।  यसअधिमा ६ लाख ६० हजार ६ सय ६५ वटा बीमा अभिलेखमार्फत सो बराबरको निर्जीवन बीमा गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । जसमार्फत २ अर्ब ७८ करोड […]

Dec 4, 2024 - 03:42
 0
बढ्दै बीमा बिजनेश, एक महिनामा साढे ७ खर्बको बीमा

काठमाडौँ । पछिल्लो एक महिनामा साढे ७ खर्ब बराबरको बीमा भएको छ । बीमा प्राधिकरणको तथ्यांकअनुसार कार्तिकमा ७ खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ बराबरको बीमा भएको हो । 

यसअधिमा ६ लाख ६० हजार ६ सय ६५ वटा बीमा अभिलेखमार्फत सो बराबरको निर्जीवन बीमा गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । जसमार्फत २ अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

हाल देशभर १४ वटा निर्जीवन र चारवटा निर्जीवन लघुबीमा कम्पनी गरी कुल १८ बीमा कम्पनी छन् । ती कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ लाख ९८ हजार सम्पत्तिको बीमामार्फत १४ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । 

यसअवधिमा सबैभन्दा धेरै बीमा शुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ७७ करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियरले १ अर्ब ४६ करोड, शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड तथा आईजीआई प्रुडेन्सियल इन्स्योन्सले १ अर्ब १३ करोडको बीमाशुल्क सङ्कलन गरेका छन् । बाँकी कम्पनीहरूको बीमाशुल्क १ अर्बभन्दा कम छ  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register