बिर्तामोड झापा कपको तयारी पूरा, खेल तालिका सार्वजनिक

बिर्तामोड, २७ मंसिर । बिर्तामोड झापा कप–२०८१ को तयारी पूरा भएसँगै खेल तालिका सार्वजनिक गरिएको छ । झापा–११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको आज डोमालाल राजबंशी रंगशालामा खेल तालिका सर्वजनिक गरेको हो । मंसिर २९ गतेदेखि हुन लागेको ‘झापा कप–२०८१’ प्रतियोगिताका लागि सहभागी टिमको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिताका संयोजक केशवराज दाहालको [...] The post बिर्तामोड झापा कपको तयारी पूरा, खेल तालिका सार्वजनिक appeared first on Jhapa Online.

Dec 12, 2024 - 17:00
 0
बिर्तामोड झापा कपको तयारी पूरा, खेल तालिका सार्वजनिक

बिर्तामोड, २७ मंसिर । बिर्तामोड झापा कप–२०८१ को तयारी पूरा भएसँगै खेल तालिका सार्वजनिक गरिएको छ । झापा–११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको आज डोमालाल राजबंशी रंगशालामा खेल तालिका सर्वजनिक गरेको हो ।

मंसिर २९ गतेदेखि हुन लागेको ‘झापा कप–२०८१’ प्रतियोगिताका लागि सहभागी टिमको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिताका संयोजक केशवराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा झापा ११ फुटवल क्लवका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्य रहेको थियो भने झापा गोल्डकप अध्यक्ष अध्यक्ष बिनोद बस्नेत, झापा कप २०८१ का सल्लाहकार सन्तोष थोप्रा, खेलकूद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजीत मुखियालगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव चेतामणि खनालले गरेका थिए ।

प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लब, मोरङको एलएक्स सिटी फुटबल क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौंको एनआरटी फुटबल क्लब, चर्च व्वाईज युनाइटेड, ईटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् ।

यसैगरी दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियनसमेत रहेको चित्लाङ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब सहभागी हुने भएका छन् । मंसिर २९ गते सुरु हुने प्रतियोगिताको फाइनल पुस–८ गते सम्पन्न गर्ने कार्यक्रम छ । प्रतियोगिताका लागि १० हजार जना दर्शक क्षमताको बेम्बो प्याराफिट निर्माण, खेल मैदान मर्मत लगायतको काम सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेताले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउने आयोजक समितिका संयोजक केशबराज दाहालले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अब द म्याचले १० हजार नगद तथा प्रतियोगिताको अवधिमा सर्वाधिक गोलकर्ता एकजना तथा उत्कृष्ट गोल किपर एकजनालाई खेलाडीलाई ३५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ठ एकजना खेलाडीलाई मष्ट भ्यालु्एबल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने झापा–११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

The post बिर्तामोड झापा कपको तयारी पूरा, खेल तालिका सार्वजनिक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register