एसिया कप खेलेर नेपाली यू–१९ टोली स्वदेश फर्कियो

काठमाडौं । एसियाली क्रिकेट परिषद् (एसीसी)को आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी पुरुष यू–१९ एसिया कप–२०२४ सहभागी भई नेपाली टोली स्वदेश फर्किएको छ । पुरुष यु–१९ एसिया कपका खेलहरू खेलेर नेपाली टोली बुधबार साँझ स्वदेश फर्किएको हो । एसिया कपमा तीन खेल खेलेको नेपाली टोलीले एक खेलमा जित हासिल गरेको थियो । नेपालले मङ्गलबार अफगानिस्तानलाई […]

Dec 5, 2024 - 00:12
 0
एसिया कप खेलेर नेपाली यू–१९ टोली स्वदेश फर्कियो

काठमाडौं । एसियाली क्रिकेट परिषद् (एसीसी)को आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी पुरुष यू–१९ एसिया कप–२०२४ सहभागी भई नेपाली टोली स्वदेश फर्किएको छ ।

पुरुष यु–१९ एसिया कपका खेलहरू खेलेर नेपाली टोली बुधबार साँझ स्वदेश फर्किएको हो । एसिया कपमा तीन खेल खेलेको नेपाली टोलीले एक खेलमा जित हासिल गरेको थियो । नेपालले मङ्गलबार अफगानिस्तानलाई भने एक विकेटले पराजित गर्दै सान्त्वना जित निकालेको थियो ।

नेपालले पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित हुँदै एसिया कपबाट बाहिरिएको हो ।

हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली यूएई गएको थियो । जसको उप–कप्तानमा अर्जुन कुमाल थिए । टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका थिए ।

यस्तै टोलीको प्रमुख प्रशिक्षक शक्ति गौचन र सहायक प्रशिक्षक धीरेन्द्र चन्द रहेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register