माओवादी केन्द्रको निष्कर्ष : एक्लै चुनाव लड्ने निर्णय जनताबाट अनुमोदन भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो । बैठकपछि बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको बताए । उनले २०६४ पछि पार्टी पहिलो पटक […]

Dec 5, 2024 - 05:24
 0
माओवादी केन्द्रको निष्कर्ष : एक्लै चुनाव लड्ने निर्णय जनताबाट अनुमोदन भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।

बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकपछि बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको बताए । उनले २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए ।

उनले अब पार्टी पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए । उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने सापकोटाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register