ममता काफ्ले हत्या प्रकरण: श्रीमान् नरेश भट्टको सुनवाइ ९ महिनापछि

काठमाडौं । अमेरिकामा बेपत्ता पारिएकी नेपाली नर्स ममता काफ्लेको हत्या र शव लुकाएको अभियोगमा उनका श्रीमान् नरेश भट्टमाथि नयाँ सुनवाइको मिति तय भएको छ । प्रिन्स विलियम काउन्टी सर्किट कोर्टले ३७ वर्षीय नरेश भट्टको सुनवाइ २०२५ को सेप्टेम्बर ८ मा गर्ने निर्णय गरेको हो । यसअघि, शव लुकाएको आरोपमा हुने भनिएको सुनवाइ सोमबार पत्नीको हत्या […]

Dec 5, 2024 - 09:24
 0
ममता काफ्ले हत्या प्रकरण: श्रीमान् नरेश भट्टको सुनवाइ ९ महिनापछि

काठमाडौं । अमेरिकामा बेपत्ता पारिएकी नेपाली नर्स ममता काफ्लेको हत्या र शव लुकाएको अभियोगमा उनका श्रीमान् नरेश भट्टमाथि नयाँ सुनवाइको मिति तय भएको छ ।

प्रिन्स विलियम काउन्टी सर्किट कोर्टले ३७ वर्षीय नरेश भट्टको सुनवाइ २०२५ को सेप्टेम्बर ८ मा गर्ने निर्णय गरेको हो । यसअघि, शव लुकाएको आरोपमा हुने भनिएको सुनवाइ सोमबार पत्नीको हत्या अभियोग दर्ता भएसँगै ९ महिनाका लागि पछि सारिएको छ ।

ममता काफ्ले, जो प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सको रूपमा कार्यरत थिइन्, अन्तिमपटक २७ जुलाईमा अस्पताल पुगेकी थिइन् ।

लामो समयसम्म काममा अनुपस्थित भएपछि उनका सहकर्मीहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरी अनुसन्धानको क्रममा नरेश भट्टले ममतालाई ३१ जुलाईमा अन्तिमपटक भेटेको बताएका थिए ।

प्रारम्भिक अनुसन्धानपछि, २२ अगष्टमा नरेशलाई ममतालाई बेपत्ता पारेको अभियोगमा पक्राउ गरियो । तर, पछिल्लो प्रमाणले ममताको हत्या र शव लुकाउने कार्यमा नरेशकै संलग्नता पुष्टि गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register